शिवगुरु बहुउदेशिय सहकारी संस्था लि.को १० औं साधारण सभा समपन्न – Jaleshwortoday

शिवगुरु बहुउदेशिय सहकारी संस्था लि.को १० औं साधारण सभा समपन्न

 ३० पुष २०७९, शनिबार २०:४१  
kk

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३० पौंष

धनुषा र महोत्तरी जिल्ला भरी कार्यक्षेत्र रहेको शिवगुरु बुहउदेशिय सहकारी संस्था लि.ले आज एक कार्यक्रम वीच आफ्नो १० औं साधारण सभा समपन्न गरेको छ । विरेन्द्र कुमार महतोको अध्यक्षतामा संचालित सो कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशको वर्तमान साँसद हरि नारायण महतो, विशिष्ट अतिथि सो सहकारीको भू.पु.अध्यक्ष राम कुमार महतो,अतिथि ओबिसी महासभाको महासचिव नथुनी महतोलाई माला,टीका तथा ब्याच लगाई सम्मान गरिएको थियो । साथै मञ्चमा उपस्थित अन्य अतिथि तथा सहभागि अंशियारहरुलाई समेत टीका लगाई यथास्थानमा आसन ग्रहण गराई सम्मान गरिएको थियो ।
कार्यक्रम वीर शहिद प्रति सम्मान स्वरुप एक मिनेटको मौन धारण र राष्ट्रिय गान बजाएर शुरु गरिएको थियो । कार्यक्रममा सहसचिव श्रवण कुमार महतोले संस्थाको वर्तमान तथा बिगतको आय व्ययको आर्थिक समग्र जानकारी गराएका थिए । संस्थाको वर्तमान कुल शेयर पँजी ८४ लाख ९३ हजार ६ सय रहेको सो सहकारीमा हाल ७१५ जना महिला र ३१८ जना पुरुष गरी १०३३ जना शेयर सदस्यहरु रहेका छन् । कार्यक्रममा विभिन्न बक्ताहरुले सहकारी सेवा भावले संचालन हुनुका साथै आर्थिक स्तर उकास्न सहयोग गर्नू पर्ने बताए । प्रमुख अतिथि साँसद हरि नारायण महतोले १० औं साधारण सभाको बधाई तथा शुभकामना दिदै सहकारी नै बचतको बानी सिकाएको र साहु महाजनको चर्काे व्याजबाट बिना धितोको ऋण पाउने एक मात्र आधार रहेकोले यसको नेतृत्व ईमानदार र राम्रो व्यक्तिबाट गराउनु पर्ने आवश्यकता रहेको बताए । ढल्केबरमा अगामी दिनमा मालपोत कार्यालय समेत ल्याउने पहलमा आफू सहयोग गर्ने र यस सहकारी समेत आफूले सके सम्मको सहयोग गर्ने बताए ।