मटिहानीका मानमहन्थ जगन्नाथ वैष्णव पूर्पक्षका लागि थुनामा – Jaleshwortoday

मटिहानीका मानमहन्थ जगन्नाथ वैष्णव पूर्पक्षका लागि थुनामा

 ३० पुष २०७९, शनिबार २२:०६  
dd

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३० पौंष

महोत्तरी जिल्लाको मटिहानी स्थित लक्ष्मीनारायण मठका मानमहन्थ जगन्नाथ वैष्णवलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ ।

रुपन्देही जिल्ला अदालतले शुक्रबार दासको मुद्दाको सुनुवाई गर्दै पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । महन्थ दासले सहायक सिडियोको हस्ताक्षर किर्ते जालसाजी गरी बैंकबाट रकम झिकेको अभियोगमा पक्राउ परेका थिए ।

उनले ७५ लाख भन्दा बढी रुपैया बैंकबाट किर्ते जालसाजी हस्ताक्षर गरी झिकेका थिए ।

छानविनको क्रममा पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार अदालतमा पेश गरेका थियो । उनले अर्बौं रुपैयाको जग्गा जनकपुरधाम लगायत विभिन्न जिल्लाहरुमा अवैध रुपमा विक्री गरेको आरोप छ ।

जग्गा विवादकै कारण उनका भतिजा लालकिशोर झालाई गोली हानी हत्या गरेको थियो ।