जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १ माघ
विमान दुर्घटनाको शोकमा सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पोखरामा भएको जहाज दुर्घटनाको भोलि देशभरी राष्ट्रिय झण्डा झुकाउने निर्देशन सहित शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।