मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा विमान दुर्घटना प्रति दु:ख व्यक्त – Jaleshwortoday

मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा विमान दुर्घटना प्रति दु:ख व्यक्त

 १ माघ २०७९, आईतवार २१:४५  
hh

जलेश्वरटुडे समाचारदाता
धनुषा, १ माघ

पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले दु:ख व्यक्त गरेका छन् । मुख्यमन्त्री यादवले प्रेस विज्ञप्ती जारी गरेर विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका हुन् । उनले दुःखद दुर्घटनाले अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । आज विहान ६८ यात्रु र चालक दलका ४ सदस्य सवार विमान पोखरामा दुर्घटनाग्रस्त भएको थियो । अहिलेसम्म ६८ जनाको शव भेटिएको छ भने उद्धार कार्य जारी छ ।