प्रदेश २ मा भोलि सार्वजनिक विदाको घोषणा – Jaleshwortoday

प्रदेश २ मा भोलि सार्वजनिक विदाको घोषणा

 १३ कार्तिक २०७७, बिहीबार २०:५४  
Mohammad

जलेश्वरटुडे समाचारदाता
धनुषा, १३ कार्तिक

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.)को जन्म जयन्तीको अवसरमा प्रदेश २ मा भोलि सार्वजानिक विदा हुने भएको छ । प्रदेश सरकारले एक सूचना जारी गर्दे शुक्रबार प्रदेशभर सार्वजनिक विदाको घोषणा गरेका छन् । प्रदेश सरकारले इस्लामाधर्मालम्बी तथा प्रदेशवासीमा जन्मदिनको अवसरमा प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस भनि शुभकामना व्यक्त गरेका छन् ।