जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ४ माघ
नेपाल राष्ट्र बैंकले रिपो मार्फत बैंकिङ प्रणालीमा तरलता पठाउने भएको छ । राष्ट्र बैंकले ५ भदौ बिहिबार रिपो मार्फत १० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीमा पठाउन लागेको हो ।
१४ पुसमा रिपो मार्फत नै ४५ दिनको लागि ५० अर्ब बैंकिङ प्रणालीमा तरलता पठाएको केन्द्रीय बैंकले बिहीबार पुनः थप १० अर्ब तरलता पठाउन लागेको हो । बैंकहरुले ४ माघ बिहीबार ५० अर्ब रिपो बाहेक ५२ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत तरलता सुविधा लिएका छन् ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा सामान्य प्रकृतिको तरलता कमी हुँदा रिपो मार्फत बैंकिङ प्रणालीमा तरलता पठाउँछ भने साधारण प्रकृतिको तरलता अधिक हुँदा रिभर्स रिपो मार्फत प्रशोचन गर्ने गर्छ ।