
जलेश्वरटुडे समाचारदाता
धनुषा, ९ माघ
प्रहरीको लापरवाहीका कारण अपहरणमा परेका युवकको हत्या भएको भन्दै जनकपुरधाममा प्रदर्शन गरिएको छ । सोमबार स्थानीयहरुले प्रहरीको लापरवाहीका कारण अपहरणमा परेका युवकको हत्या भएको भन्दै प्रहरीको विरोध गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । मृतक विष्णु साहका मामा महेश साहले प्रहरीले लापरवाही गर्दा आफ्नो भान्जाको ज्यान गएको आरोप लगाए ।स्थानीयहरुले गृहमन्त्री रवि लामिछानेको राजिनामाको माग गर्दै समेत प्रदर्शन गरेका छन् । यता प्रहरीले यस घटनामा ९ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक विश्वराज खड्काले बताए । उनले भारतीय प्रहरीले पाँचजना र नेपाल प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको बताए ।