
जलेश्वरटुडे समाचारदाता
सिरहा, ९ माघ
सिरहामा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा नगरपालिका– ७ का ५० वर्षीय मदन पासमान रहेका प्रहरीले जनाएको छ । चिसोको कारण पासमानको सोमबार बिहान मृत्यु भएको वडा प्रहरी कार्यालय सिराहा (ख) ले जनाएको छ । मृतककी श्रीमती गौरीदेवी पासमानको उपचार अभावमा क्यान्सरका कारण चार वर्षअघि नै मृत्यु भइसकेको छ ।