नेसपाले स्व.गजेन्द्र नारायण सिंहको २१ औं पुण्यतिथि मनाए – Jaleshwortoday

नेसपाले स्व.गजेन्द्र नारायण सिंहको २१ औं पुण्यतिथि मनाए

 १० माघ २०७९, मंगलवार २३:०३  
jj

जलेश्वरटुडे समाचारदाता
धनुषा, १० माघ

मधेस प्रदेशको राजधानी जनकपुरधाममा अवस्थित नेपाल सद्भावना पार्टीको केन्द्रिय कार्यालयमा केन्द्रिय अध्यक्ष राम कुमार महतोको अध्यक्षतामा मधेसको मसिहा स्व.गजेन्द्र नारायण सिंहको २१ औं पुण्यतिथि मनाइएको छ । कार्यक्रममा केन्द्रिय सल्लाहकार प्रो.बालकेश्वर ठाकुर,के.महासचिव नागेन्द्र सिंह,के.प्रवक्ता पवन कुमार साह,के.सदस्य विरेन्द्र महतो,धनुषा जिल्ला सदस्य गंगा यादव,जितन दास,सियाराम साह,सोनिया दास,सोनिया साह लगायतको नेताहरुले स्व.गजेन्द्र नारायण सिंहको प्रतिमामा अविर,माला तथा फुल लगाई श्रद्धाञ्जलि अर्पण गरेका थिए । कार्यक्रममा के.सल्लाहकार ठाकुरले स्व.गजेन्द्र नारायण सिंह मधेसको पहिलो मसिहा रहेको बताउनुभयो । उनको जिवनको त्याग र मधेस प्रतिको लगावको बारेमा बखान गर्नुभयो । त्यसैगरी के.अध्यक्ष महतोले स्व.गजेन्द्र नारायण सिंहलाई श्रद्धाञ्जलि दिदै मधेस र मधेसीहरुको लागि सदैव लडनु भएको मधेसको मसिहाको सपना पुरा गर्न अहिले बाँकी रहेकोले सबैले एकजुट भएर मधेस बनाउने कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रमको संचालन तथा उद्घोषण के.प्रवक्ता पवन कुमार साहले गरेका थिए ।