मधेशको पत्रकारितामा कृत्रिम बुद्धिमत्ताको प्रयोग र चुनौती – Jaleshwortoday

मधेशको पत्रकारितामा कृत्रिम बुद्धिमत्ताको प्रयोग र चुनौती

 १२ माघ २०७९, बिहीबार ०१:३४  
pp

राकेश प्रसाद चौधरी
महोत्तरी, ११ माघ

पत्रकार÷संचारकर्मीले धेरै किसिमको समाचारसामग्री निर्माण र उत्पादन गरिरहेका हुन्छन् । एउटा पत्रकारले गरेको कामबाट अर्को पत्रकारले नयाँ÷नयाँ विषयवस्तु वा दृष्टिकोण समेत पाउने गरेका हुन्छन् । नियमित पुस्तक अध्ययन र अन्य सहकर्मीहरूले उत्पादन गर्ने सामग्रीलाई पढ्ने, सुन्ने र हेर्ने अभ्यास राम्रो हो । के कुराले त्यस्ता सामग्री उत्पादन गर्न उत्प्रेरित गर्यो भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । यस किसिमको अध्ययनले गहन र खोज समाचार उत्पादन गर्न निकै मद्दत गर्छ ।
आधुनिक पत्रकारिताको विषयबारे चर्चा गर्दा धेरैको मुखबाट कृत्रिम बुद्धिमत्ता ९ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ० को प्रयोग गर्नुपर्ने सुझाव दिइरहेका हुन्छन् । समान्यदेखि गहन र खोज समाचारका लागि चाहिने थप सामग्री कृत्रिम बुद्धिमताबाट प्राप्त गर्न सकिने अवस्थामा हामी पुगिसकेका छौं । पूराना जमानामा फ्याक्सबाट पठाइने समाचार अहिले इमेललगायतका माध्यमबाट पठाउन थालिसकेका छौं । फ्याक्सबाट पठाउने बाध्यता भएका सामग्री पनि प्राप्तकर्ताले आफू अनुकुल पाउँने गर्छन् । आवाज रेकर्ड गर्दा त्यो अक्षरमा परिवर्तन भइरहेका, भाषा परिवर्तन भइरहेका हुन्छन् । कुनै तस्विरमा अक्षर वा तथ्यांक छ भन्ने त्यो सम्पादन गर्ने किसिमले प्राप्त गर्न सक्छन् ।
मधेशको पत्रकारितामा कृत्रिम बुद्धिमत्ता(एआइ)को प्रयोगबारे चर्चा गरिरहँदा जपान, चीनसहितका देशमा रोबोटिक समाचारवाचक परिक्षण भइसकेका छन् । गतबर्ष पत्रकारितामा कृत्रिम बुद्धिमताको प्रयोग र चुनौतीबारे बिकसित र बिकासशिल देशरूमा थुप्रै बहस, सभा र सेमिनारहरू भए र यो बर्ष पनि जारी नै छ । हुनतः गतबर्ष संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२६ को डिसेम्बरसम्म नेपाललाई अतिकम बिकसित मुलुकबाट बिकासशिलको श्रेणीमा स्तरोन्नति गर्ने प्रस्ताव पारित गरेको थियो ।
मधेशका संचारमाध्यम र संचारकर्मीले कृत्रिम बृद्धिमत्ताको प्रयोग गर्न नसकिने अवस्थाबाट थोरै भएपनि माथि उठसिकेका छन् । संचारकर्मीहरूको हातमा आवश्यकता परेको बेला इन्टरनेट चलाउने स्मार्टफोन छन् । शुरुवात त्यही स्मार्टफोन, ल्यापटप वा डेस्कटपबाट गर्न सकिन्छ । गहन र खोज समाचारका लागि चाहिने सूचना संकलन गर्न अहिलेदेखि नै मधेशका पत्रकारहरूबीच बहस आवश्यक छ ।
उदाहरणका लागि जनकपुरधाममा भारतबाट आएको पहिलो भारत गौरब टे«नबारे भारतीय अंग्रेजी माध्यमको कुन कुन संचारमाध्यमले समाचार प्रकाशन गरे भन्ने कुरा एउटा इमेलबाट प्राप्त गर्नसक्छौं । मधेशको बारेमा कुन कुन संचारमाध्यममा कुन कुन समाचार प्रकाशन भयो, त्यसको जानकारी पाउनसक्छौं । तर ती सामग्रीहरू सामाजिक मिडियामा उपलब्ध नभएसम्म पाउन नसक्ने स्थिती हुन्छ । शुरुवाती चरणमा संचारकर्मीले गुगल एलर्ट, टकवालकरलगायतका कृत्रिम बुद्धिमत्ता सक्षम उपकरणको प्रयोग गर्न सकिन्छ । गुगल एलर्ट अनुसार आउटलुट इन्डिया, द प्रिन्ट, रिपब्लिक वल्र्डसहितका अन्तर्राष्ट्रिय संचारमाध्यममा पहिलो भारत गौरब टे«नबारेको समाचार प्रकाशन भएको थियो ।
यस्ता थुप्रै उदाहरण छन् । संचारकर्मीले कस्तो सूचना प्राप्त गर्ने भन्ने कुराको जानकारी नभएसम्म यस्ता उपकरणहरूको प्रयोग सहजै गर्न सक्दैनन् । कृत्रिम बुद्धिमताको प्रयोग कसरी गर्ने भन्ने कुराको जानकारी नभएका संचारकर्मीको लागि एक किसिमको चुनौती पनि हो ।
बिकसित देशहरूमा तथ्यांक विश्लेषणको जिम्मा कृत्रिम बुद्धिमत्तामा आधारित उपकरणलाई दिने गरिन्छ । जसको कारण समाचार उत्पादनमा सहजता हुनेगर्छ । मधेश प्रदेशका हरेक मन्त्रालयले निकाल्ने त्रैमासिक प्रतिवेदनको विश्लेषण यस्ता उपकरण प्रयोग गर्यो भन्ने समयको बचत हुने र समयमै संचारकर्मीले सूचना पाउने अवस्था रहन्छ । भाषाको कारण कृत्रिम बुद्धिमतामा आधारित छुट्टै उपकरण निर्माण गर्नुपर्ने हुनसक्छ । युनिकोडको कारण गुगल एलर्टमा भने यस्ता सूचना पाउने अवस्था हुनसक्छ तर त्यो सूचना सामाजिक मिडियाको पहुुँच हुनुपर्छ ।
पोर्चुगलमा सन् २०२१ को ११–१२ मईमा आयोजित कृत्रिम बुद्धिमत्ता र पत्रकारिताको भविष्य–के कृत्रिम बुद्धिमत्ता चौथो अंग कब्जा गर्नेछ? विषयक सम्मेलनमा युरोप काउन्सिलको सूचना समाज विभागका प्रमुख प्याट्रिक पेनिन्क्सले गलत सूचनाको प्रवद्र्धन र फैलावटलाई रोक्न कृत्रिम बुद्धिमतामा आधारित उपकरण(टुल्स)मा बढी ध्यान दिनुपर्ने बताएका थिए ।यदी गलत सूचनाको पहुँच कृत्रिम बुद्धिमत्तामा आधारित उपकरणसम्म पुग्यो भने नजिता पनि गलत हुने र यो पत्रकारिताका लागि निकै जोखिमपूर्ण हुन सक्छ ।
कृत्रिम बुद्धिमत्तामा आधारित उपकरणको प्रयोग सन् २०१५ को भुकम्पमा नभएको होइन् । यसबाट बिपद् ब्यबस्थापन, स्वास्थ्य, कृषि, शिक्षा लगायतका थुप्रै क्षेत्र लाभान्वित नहुने होइन् । यी क्षेत्र लाभान्वित भए पक्कै पनि यसको लाभ पत्रकारिता क्षेत्रले पनि लिन्छ । भुकम्पपछि कृत्रिम बुद्धिमत्तामा आधारित उपकरणको प्रयोगबारे ब्यापक बहसको क्रम अझै जारी छ । पत्रकारिता क्षेत्रका लागि नभएपनि विश्व बजारमा प्रचलित रहेका उपकरणको स्थानीय प्रयोग गर्नबाट कसैले रोक्ने अवस्था छैन ।
कनेक्सनले सन् २०२१ मा स्वचालित पत्रकारिताका लागि शीर्ष कृत्रिम बुद्धिमत्ता उपकरणमा कोनेक्सुन, नेरेटिभ साइन्स, लेक्सियो, अटोमेटेड इन्साइट्स, हेलियोग्राफ, द जुसर, वर्डस्मिथ, आर्टिकल फोर्ज, आर्टिकोला, च्याटबोट, क्वार्ज, न्यूजविप, साइबोर्ग, बेरटाइलगायतको नाम सार्वजनिक गरेको थियो । यी उपकहरणहरूले विश्लेषणात्मक लेख उत्पादन, तथ्यांकगत ब्याख्या र विश्लेषण, सूचनाको प्राथमिकिकरणलगायतको जिम्मेवारी मानवजस्तै गर्न सक्षम हुन्छन् ।
मधेशको पत्रकारितामा कृत्रिम बुद्धिमताको अपार सम्भावना छ । बाढी, आगलागीसहितको विपद्का बेला सूचना, तस्विर तथा भिडियो संकलनमात्र नभई पहिलाका तथ्यांक र अवस्थाबारे जानकारी थाहा पाउन कृत्रिम बुद्धिमत्ताले मद्दत गर्नसक्छ । विपद्मात्र नभई राजनीतिको समाचार र लेख तयार पार्न समेत यस्ता उपकरण लाभदायी हुनसक्छ ।
हालै सन् २०२२ मा सम्पन्न स्थानीय निर्वाचनको मतगणना परिणाम निर्वाचन आयोग र विभिन्न अनलाइनहरूले अद्यावधिक गरेका थिए । यस निर्वाचनमा कुन कुन उम्मेदवार दोस्रोपटक विजयी भए भन्ने सूचनाका लागि संचारकर्मीले धेरै नै उर्जा खर्च गरेका थिए । केही जिल्लमा दोहरिएको भन्दा कम र बढी भनेर समाचार नै प्रकाशन भएको थियो । हुनतः अघिल्लो स्थानीय निर्वाचनको नजिता आयोगको अनलाइनमा छ । आयोगले कृत्रिम बुद्धिमतामा आधारित उपकरण निर्माण गरेको भए दोस्रो पटक उम्मेदवार भएकाहरूको पार्टी संलग्नता, प्रत्येक पटकको मत परिणामलगायतका सम्पूर्ण जानकारी एक ठाउँबाट प्राप्त गर्न सकिन्थ्यो । तथ्यांकगत विश्लेषण पनि त्यही उपकरणले गरिदिन सक्थ्यो ।
मधेशको पत्रकारितामा कृत्रिम बृद्धिमत्ताको प्रयोग गर्नुभन्दा अगाडि र पछाडि चुनौतीको चाङ्ग छ भन्ने विषय कसैबाट लुकेको छैन । यहाँका संचारमाध्यमहरूमा सानो समाचारकक्ष छ । थोरै जनशक्ति छन् । त्यति हुँदाहुँदै पनि राष्ट्रिय र अन्तराष्ट्रिय संचारमाध्यमसँग प्रतिस्पर्धा पनि गर्नुपरेको छ । प्रविधिको पहुँचले गर्दा मधेशका बासिन्दा विश्व समाचारको उपभोक्ता समेत छन् । उपभोक्ताको हातमा भएको स्मार्टफोनले विश्वमा घटित घटनाक्रमबारे निकै जानकार रह्नेगर्छन तर नजिकैको कुनै ठाउँको सूचनाबारे बेखबर हुन्छन् । यहाँसम्म कि संचारकर्मी पनि निकै बेरपछि मात्र थाहा पाउने गर्छन् ।
हातमा स्मार्टफोन हुनु एक किसिमको क्रान्ति हो । नागरिक÷उपभोक्ता निर्मित वा उत्पादित सूचना सामग्रीको प्रयोग अहिले थोरै भएपनि आमसंचारमाध्यमले आफ्ना उत्पादित समाचारमा गर्न थालेका छन् । जून संचारमाध्यम जत्ति धेरै सामाजिक मिडियाको निगरानी कृत्रिम बुद्धिमत्तामा आधारित उपकरणलाई जिम्मा लगाएका छन् । त्यस्ता संचारमाध्यमले समाचारलाई छिटो भन्दा छिटो उपभोक्तासम्म पठाउने सक्षम हुन्छन् ।
नागरिक÷उपभोक्ता निर्मित वा उत्पादित सामग्रीको तथ्या जाँच नभएसम्म आमसंचारमाध्यमले समाचारमा प्रयोग गर्नु निकै जोखिम मानिन्छ । मधेशको पत्रकारिताका लागि संचारकर्मीलाई सबैभन्दा पहिले सूचना संकलन र तथ्य जाँचमा कृत्रिम बुद्धिमत्तामा आधारित उपकरण(टुल्स) कसरी प्रयोग गर्ने र कस्ता कस्ता शब्दकुञ्जी(किवर्ड)ले सही सूचना पाउन मद्दत गर्छ भन्ने जानकारी हुनु आवश्यक रहन्छ ।
मधेश सरकार कानून निर्माणमा अरू प्रदेशका लागि पथ निर्देशक भएजस्तै कृत्रिम बुद्धिमत्तामा आधारित उपकरण निर्माणमा समेत अगाडि आउनुपर्छ । प्रदेश सरकारले तत्काललाई अगामी प्रदेश संसद निर्वाचनको बेला यस्ता उपकरण प्रयोगमा ल्याउन सके मधेशको पत्रकारिता एक कदम अगाडि पक्कै बढ्छ । मधेशका संचारमाध्यमहरू अहिले नै यस्ता उपकरण निर्माणमा सक्षम पनि देखिएका छैनन । मधेश प्रदेशका विभिन्न संचारमाध्यममा कार्यरत संचारकर्मीलाई समाचार उत्पादनका लागि चाहिने सूचना संकलन गर्न मिल्ने निशुल्क उपकरण र त्यसको प्रयोगबारे जानकारी पाएमा उपलब्धिमूलक नै हुनेछ । यस किसिमको उपकरण निर्माणमा अग्रसरता गराउन सकेमा देशकै लागि नमूना काम हुनेछ । शुरुवात मधेशबाट गर्दा कसैलाई पक्कै पनि हानी गर्दैन् ।
मधेशका संचारमाध्यममा थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने अवस्थाको अन्त्य कृत्रिम बृद्धिमत्ताको बढीभन्दा बढी प्रयोग भयो भन्ने मात्र हुनसक्ने देखिन्छ । अनलाइन, एफएम, टेलिभिजनमात्र नभई छापामाध्यमले समेत एआइ उपकरणहरूको प्रयोगमा एकपाइला अगाडि बढ्नुपर्छ । यस्ता उपकरण निर्माणमा मधेश सरकारका हरेक मन्त्रालयले अग्रसरता देखाउन सके मात्र मधेशको पत्रकारिता उत्कृष्ट र विश्वसनिय हुनसक्छ ।

[email protected]