बिनाविभागिय मन्त्रीले पाए विभाग, जनमतलाई कृषि मन्त्रालय – Jaleshwortoday

बिनाविभागिय मन्त्रीले पाए विभाग, जनमतलाई कृषि मन्त्रालय

 १२ माघ २०७९, बिहीबार २३:३९  
ll

जलेश्वरटुडे समाचारदाता
धनुषा, १२ माघ

मधेश प्रदेशका बिना विभागिय मन्त्रीहरुको विभाग तोकिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले तीनैजना बिना विभागिय मन्त्रीको विभाग तोकेका छन् । जसअनुसार, नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टीका संजय कुमार यादवलाई अर्थमन्त्रालयको जिम्मा दिइएको छ । यस्तै, जनमत पार्टीका बसन्त कुमार कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको छ । बिहिबार प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री यादवको सिफारिसमा नेपालको सवंविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्मा बिना विभागिय मन्त्रीको जिम्मेवारी तोकेका छन् । बाँकी मन्त्रालय मुख्यमन्त्री यादवले अहिले आफैसँग राखेका छन् ।