रवि लामिछानेलाई पक्राउ गर्ने बाटो खुल्यो - Jaleshwortoday

Can you win money gambling

  1. Professional Roulette Player Canada: Punters must win all races of the event in order to win a percentage of the prize pool.
  2. Bet365 Roulette Introduction Uk - The app also has the progressive jackpot that can give you a lot of chips, which is the 777 hand.
  3. Vienna Casino 100 Free Spins Bonus 2025: Chocolates is a pokies online that has 4 reels, 4 rows and up to 65.536 paylines.

Crypto Casino mobile slot

Casino Game Real Money
If you hedge every bet, youre going to lose in the long term.
Free Spin Casino 100 No Deposit Bonus Codes Ireland
All such information, services, and materials are provided as is and as available without warranty of any kind.
This bet is tricky for anybody trying to win cash here.

Play slot machine online for free without registration

Free Spins No Deposit Ireland 2025
Let's take a closer look at this sparkling slot machine, to see how your bankroll can rocket up in value when the right symbols line up on the Fantastic Fireworks slot from IGT at the top Australia casino sites and top Australia casino sites.
Slot Riches Of Rumpelstiltskin Megaways By Isoftbet Demo Free Play
These are either not strictly essential for the website or functionality which you have requested to work, or are cookies which serve non-essential purposes in addition to their essential purpose.
Flash Casino Games Free

रवि लामिछानेलाई पक्राउ गर्ने बाटो खुल्यो

 १३ माघ २०७९, शुक्रबार २१:०४  
jj

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १३ माघ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्ने बाटो खुला भएको छ । नागरिकता विवाद प्रकरणमा रवि लामिछानेको नागरिकता अमान्य घोषित भएसँगै लामिछानेलाई पक्राउ गर्ने बाटो खुला भएको हो ।  शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेले प्रयोगमा ल्याएको नागरिकता खारेज भइसकेको नागरिकता रहेको ठहर गर्दै उक्त नागरिकतालाई अमान्य घोषित गरिदिएको थियो । उक्त नागरिकता अमान्य घोषित भएसँगै अब लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद, सांसद र मन्त्री पदसमेत जाने भएको छ ।  लामिछानेले आफूखुसी अमेरिकाको नागरिकता लिइ नेपाली नागरिकता त्याग गरिसकेपछि एकै समयमा पुरानै नेपाली नागरिकता प्रयोग गरी पासपोर्टसमेत लिएको पाइएपछि सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । गृह मन्त्रालयकै निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले दोहोरो नागरिकता प्रयोगको सम्बन्धमा छानबिन गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेखेर जिम्मेवारी तोकेको थियो ।  जिल्ला प्रहरी परिसर काठमाडौंले दोहोरो नागरिकताको प्रयोगको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, अध्यागमन विभाग र नेपालस्थित अमेरिकी दूतावासबाट समेत सो सम्बन्धमा बुझ्ने काम गरिरहेको छ ।  लामिछानेले दोहोरो नागरिकता र पासपोर्ट लिएको कुरा यस अघि नै बाहिर आइसकेको छ । लामिछानेले ५ मार्च २०१४ मा अमेरिकी नागरिकका रुपमा पासपोर्ट बनाई नेपाल आएपछि अमेरिकी पासपोर्ट र नागरिकता त्याग नगरी २७ मे २०१५ मा नेपालबाटै अर्को नागरिकता बनाएका थिए । सोही सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  नेपाल नेगरिकता ऐन, २०६३ ले नेपालमा दोहोरो नागरिकता लिन प्रतिबन्ध लगाएको छ । कुनै विदेशीले झूटो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेमा निजलाई एक वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।  नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ मा दण्ड सजाय सम्बन्धी व्यवस्था गरिएको छ । ऐनमा २१ को को उपदफा १ मा विदेशी नागरिकले झूठो विवरण दिई नागरिकता लिएमा वा प्राप्त गरेमा हुने सजायबारे उल्लेख गरिएको छ ।  सन् २०१५ मा रवि लामिछाने अमेरिकी नागरिक रहेकै समयमा झूठो विवरण पेश गरी नेपाली राहदानी प्राप्त गरेको कारण सोही दफा अनुसार फौजदारी कसुरमा अनुसन्धान र सजाय हुन सक्नेछ ।
नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ मा यस्तो व्यवस्था रहेको छ ।
‘२१. दण्ड सजाय : 
(१) कुनै विदेशीले नेपाली नागरिक भएको दावी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्ष देखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । झुठो विवरण दिई नागरिकता प्राप्त गरे बापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।’
सोही दफाको उपदफा ३ मा ‘कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्ष देखि पाँच वर्षसम्म कैद वा बीस हजार देखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ’ भन्ने व्यवस्था रहेको छ । लामिछाने अमेरिकी नागरिक रहेकै समयमा झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएको भन्दै सो सम्बन्धमा छानबिन गर्न उजुरी नै परिसकेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको थियो । अब सर्वोच्च अदालतबाटै लामिछानेको राहदानी अमान्य घोषित भइसकेपछि लामिछानेको दोहोरो नागरिकताका सम्बन्धमा प्रहरीले पक्राउ समेत गरी अनुसन्धान गर्ने बाटो खुला भएको छ । लामिछानेको सांसद पद खारेज भइसकेको कारण लामिछानेलाई पक्राउ गर्न प्रहरीले अन्य निकायबाट अनुमति लिन नपर्ने भएको कारण पक्राउ गरी अनुसन्धान समेत गर्न सक्नेछ ।
अनुसन्धानका क्रममा लामिछानेले दोहोरो नागरिकता प्रयोगमा ल्याएको पुष्टी भएमा प्रहरी प्रतिवेदनको आधारमा अदालतमा मुद्दा दायर गर्दै लामिछानेलाई जरिवानाका साथै जेल सजाय पनि हुन सक्नेछ ।

325567174_540893254679033_5587050650986960665_n

325007302_1533115663862771_264424181802273127_n

123

साभारः रातोपाटी