जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १५ माघ
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको विषयमा निर्णय गर्ने अधिकार आफ्नो भएको बताएको छ । आइतबार केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीका महामन्त्री मुकुल ढकालले गृह मन्त्रालयका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अरु दलहरुको कुनै अधिकार नभएको दावी गरे । ‘समस्या जुान आएको थियो, त्यो राष्ट्रिय स्वतन्त्र पार्टीमा आएको समस्या हो । अन्य दलहरुमा आएको होइन, त्यसैले अन्य दलहरुले समस्याको रुपमा लिन जरुरी छैन’ उनले भने, ‘यो हाम्रो समस्या भएको कारणले र हामीले समाधान गरिसकेको अवस्थामा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारी हो । निर्णय गर्ने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छ ।’ महामन्त्री ढकालका अनुसार अब पार्टी सभापति रवि लामिछानेले सत्ता साझेदार दलका शीर्ष नेतालाई भेटेर गृहमन्त्री को बन्ने टुंगो लगाउनेछन् ।