संसदका सिटमा सांसदको नाम लेख्ने प्रस्ताव – Jaleshwortoday

संसदका सिटमा सांसदको नाम लेख्ने प्रस्ताव

 १५ माघ २०७९, आईतवार १९:४४  
hh

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १५ माघ

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा प्रत्येक सांसदको सिटमा नाम (नेम प्लेट) राख्ने प्रस्ताव प्रस्तुत भएको छ । आइतबार सिंहदरवारमा बसेको मस्यौदा समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो प्रस्ताव राखेका हुन् । शाही भन्छन्, ‘हाजिर गर्ने र हिँड्ने माननीयलाई रोक्न पनि यो आवश्यक छ ।’ सांसदको नाम कुर्सीमा लेख्दा हाजिर गरेर हिँड्ने तथा बैठकमा अनुपस्थित हुनेको नाम जनताले थाहा पाउने हुँदा त्यो सार्वजनिक जवाफदेहिताको विषय बन्ने उनको दाबी छ । भन्छन्, ‘यसरी पनि हामी माननीयहरुलाई सिस्टममा हिँडाउनुपर्ने छ ।’ नेम प्लेट राखिदिएपछि सांसदहरु सबै भत्ता खान मात्रै संसद भवन जान्छन भन्ने सोलोडोलो बुझाइ पनि खण्डित हुने शाही बताउँछन् । ‘यो सबैको हीतमा छ भन्ने हाम्रो बुझाइ छ ।’ बैठकपछि शाहीले अनलाइनखबरसित भने ।