
जलेश्वरटुडे समाचारदाता
धनुषा, १५ माघ
मधेश प्रदेशका नव नियुक्त मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार ठाकुरले प्रदेश प्रमुख हरिशंकर मिश्रका समक्ष उच्च अदालत जनकपुरका कामु न्यायाधीश गुनराज ढुंगेलबाट शपथ लिएका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त भएका हुन्।