शिक्षकको महत्व – Jaleshwortoday

शिक्षकको महत्व

 १६ माघ २०७९, सोमबार २३:५७  
kk

सरोज कुमार लाल कर्ण
जलेश्वर नगरपालिका ४

महोत्तरी, १६ माघ

गुरुः ब्रह्मा, गुरुः विष्णु, गुरुः देवो महेश्वर ।
गुरुः साक्षात पर ब्रह्म, तस्मै श्री गुरुबे नमः ।।

शिक्षक कुनै पनि शिक्षण प्रक्रियाको एक अति आवश्यक एवम् महत्वपूर्ण अंग हो । शिक्षक विद्यालय र शिक्षा पद्धतीको गत्यात्मक शक्ति हो । शिक्षक इतिहासको वास्तविक निर्माता हो । शिक्षक मनुष्यबाट मनुष्यताको निर्माता हो । शिक्षक विना विद्यालय भवन, पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री आदि उपकरणहरु निरर्थक सावित हुन्छ । भनाईको तात्पर्य ः शिक्षकले जीवन शक्ति प्रदान गर्दैन तव तिनीहरुको उपस्थिती शुन्य सावित हुन्छ । अतः शिक्षक त्यो शक्ति हो जसको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भावी सन्ततीहरु माथि प्रभाव रहन्छ ।
प्राचिन कालमा शिक्षकहरुलाई देवताको रुपमा प्रतिष्ठा गरिन्थ्यो । त्यसबेलाको समाजहरु गुरुवर्गलाई अनेक आदर, सत्कार, सम्मानसूचक विशेषण प्रयोग गरी सम्बोधन गरिन्थ्यो । जस्तो ः धियाबसु, जातवेदा, सत्यजन्मा आदि । बरु मानिसहरुको विचारधारामा जतिसुकै परिवर्तन आएको दिन किन नहोस् शिक्षकको आफ्नो महत्व छ, दर्जा छ । वर्तमान समयमा शिक्षक देवताको रुपमा प्रतिष्ठीत छैन तर शिक्षक शिक्षण प्रक्रियाको एउटा अति आवश्यक अंग छ । यि वाक्याँशको अभिप्राय सर्वाधिक सत्य, तथ्य पूर्ण छ, सन्देहको कुनै कुरा छैन । शिक्षा युगको माँग हो । अर्को तर्फ शिक्षा जिवीकाको आधार पनि हो ।
ज्ञान र सिप प्राप्त गर्नको लागि एउटा सुव्यवस्थित माध्यम पनि हो तर त्यो माध्यम हो शिक्षण । शिक्षाको विकास शिक्षक र उसको शिक्षणमा आधारीत वा निर्भर हुन्छ । शिक्षण एउटा कला हो, सबैले शिक्षकलाई सम्मान गर्नुपर्छ तर आज शिक्षकलाई अपमान, अनादर र अशिष्ट व्यवहार गर्दछ । शिक्षकलाई निकृष्ट भावनाले हेर्दछ । पुरस्कारको एवजमा दण्ड दिन्छ । सामन्ञ्जस्यताको सट्टामा रिष, राग, द्धेष जस्तो वातावरणको सृजना गर्छ । नकारात्मक सोच राख्छ, यस्तो परिस्थितीमा शिक्षण क्रियाक्लापमा आधार पुग्छ र शिक्षकको हौसला धुमिल हुन जान्छ । त्यसले गर्दा समाजले शिक्षक प्रति सकारात्मक व्यवहार गर्नुपर्छ र शिक्षकले पनि देश र जनता प्रति निष्ठा राखेर समाज र बालबालिकाहरु प्रति माया, ममता र स्नेह दिएर शिक्षण गर्ने वातावरण बनाएर आफ्नो महत्व शिक्षकले पनि बुझनुपर्छ ।

उहाँ अवकाश प्राप्त शिक्षक हुनुहुन्छ ।