
जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १८ माघ
मधेस प्रदेशको राजधानी जनकपुरधाममा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले पुरस्कार वितरण कार्यक्रम समपन्न गरेको छ ।
सो कार्यक्रम राष्ट्रिय गानबाट शुरु भएको थियो । कार्यक्रममा उपस्थित अतिथि,अभिभावक,शिक्षक,शिक्षिका तथा विद्यार्थीहरुलाई
टीका,माला,खादा,गमछा तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । स्वागत मन्तब्य विद्यालयको प्रधानाध्यापक उप—प्रा. पवन कुमार साह र
शिक्षाको महत्वको बारेमा मन्तब्य विद्यालयको सल्लाहकार जोन रोमियो जर्जले राखेका थिए । कार्यक्रममा तेस्रो त्रैमासिक परीक्षामा प्रथम,द्वितिय तथा तृतिय गर्न सफल विद्यार्थीहरुलाई विद्यालयको उपप्रधानाध्यापक सोनी साहले मैडल
तथा टीका प्रदान गरी विद्यार्थीहरुको मनोबल बढाएका थिए । त्यसै गरी बनभोज र शैक्षिक भ्रमणको बारेमा दैनिकी लेखनमा उत्कृष्ट गर्ने तीन जना
विद्यार्थीहरुलाई प्रशंसा पत्र प्रदान गरेर विद्यालयको प्रधानाध्यापक पवन कुमार साहले हौसला बढाएका थिए । त्यसैगरी सरस्वती पुजामा नृत्य गरेर उत्कृष्ट गर्ने प्रथम सपना महतो(कक्षा ४),द्वितिय २ जना र तृतिय ८ जना गरी ११ जना विद्यार्थीहरुलाई कप प्रदान गरेर विद्यालयको नृत्य शिक्षक गुडु साहले प्रशंसा
गरेका थिए । उत्कृष्ट पोशाक तथा नियमित विद्यालय आउने विद्यार्थीको उपाधि पाउन सफल कक्षा ३ मा अध्ययनरत आदित्य राज कुमार साह र उत्कृष्ट डायरी व्यवस्थापन गर्ने अर्काे कक्षा २ को विद्यार्थी लकी साहलाई विद्यालयको
प्र.अ.पवन कुमार साहले सम्मान गरेका थिए । त्यसैगरी विद्यालयको विद्यार्थीहरुले कार्यक्रमको मध्य भागमा विभिन्न मैथिलि,हिन्दी तथा नेपाली भाषामा नृत्यका साथै बाल बिबाह एक अभिश्राप अर्थात बाल बिबाह अन्त्य गरौ
भन्ने शिर्षकको नाटक समेत प्रस्तुत गरेका थिए । विद्यार्थीहरुको प्रस्तुति देखेर दर्शक अभिभावक,शिक्षक तथा विद्यार्थीहरु साह्रै रमाएका थिए । कार्यक्रममा वरिष्ठ शिक्षक सरोज कुमार झाले चुटकीला प्रस्तुत गर्नुका साथै कार्यक्रम भरी
उद्घोषण गरेका थिए । कार्यक्रममा नाटकको विशेष तयारीमा शिक्षिका रोशनी यादव,रितिका झा,सृजना झा,रोजी कर्ण र शिक्षक प्रदिप दासले सहयोग गरेका
थिए । कार्यक्रमभरी कार्यक्रमको दृष्यहरु खिच्न तथा रेकर्ड गर्न विद्यालयको संगीत शिक्षक संजय कुशबाहाले सहयोग गरेका थिए । अन्त्यमा कार्यक्रमको
अध्यक्ष तथा संस्थापक प्र.अ. उप—प्रा.पवन कुमार साहलाई कार्यक्रममा सहयोग गर्ने सबै प्रति आभार तथा कृतज्ञता प्रकट गरी कार्यक्रम समापन गरेका थिए ।