मुस्लिमलाई पुन: मधेशीमा राख्न मधेशी आयोगलाई मुस्लिम आयोगको आग्रह – Jaleshwortoday

मुस्लिमलाई पुन: मधेशीमा राख्न मधेशी आयोगलाई मुस्लिम आयोगको आग्रह

 १९ माघ २०७९, बिहीबार २१:३१  
jj

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १९ माघ

मुस्लिम आयोगले मधेशी आयोगलाई मुस्लिमलाई पुन: मधेशीकै रुपमा सिफारिस पाउनको लागि आवश्यक व्यवस्थापन गरिदिन अनुरोध गरेको छ | मुस्लिम आयोगले मधेशी आयोगलाई एक पत्र पठाउदै मधेशी आयोगले मुस्लिमलाई मधेशीको सूची बाट हटाएपछी मुस्लिमहरुले मधेशीको सिफारिस पाउन अवरोध देखिएको हुनाले सो अवरोध लाई हटाइदिन अनुरोध गरेको छ |मधेशी आयोग द्वारा प्रकाशित “मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८” मा १४९ जात सहित थारु र मुस्लिम लाई पनि मधेशीको रुपमा सुचिकृत गरिएको थियो | प्रतिवेदन राष्ट्रपति समक्ष पेश भएपछी मुस्लिम र थारु आयोगका पदाधिकारीहरु सहित सो समुदायका विभिन्न संघ-संगठनहरुले मधेशी आयोगको सो निर्णय प्रति व्यापक विरोध गरेपछि आयोगले मङ्सिर २० गते बैठक बसी थारु र मुस्लिम लाई मधेशीको सूची बाट हटाएको थियो | मधेशीको सूची बाट मुस्लिमलाई हटाएपछी अहिले लोकसेवा लगयात विभिन्न निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई सम्बन्धित निकायबाट मधेशीको सिफारिस पाउन अवरोध देखिएको कुरा मुस्लिम आयोगको पत्रमा उल्लेख गरिएको छ |मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तका अनुसार मधेशी आयोगले सुरुवातमा सबैलाई समेटेर नै आयोग अगाडी बढ्न खोज्दा सोही समुदाय र सम्बन्धित समुदायका आयोगका पदाधिकारीज्यूहरु बाट व्यापक विरोध भएपछी आयोग बाध्य भएर थारु र मुस्लिमलाई मधेशीको सुची बाट हटाएको थियो |