
जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ माघ
मधेश प्रदेशमा सहुलियतपूर्ण कर्जा २२ अर्ब ३० करोड पुगेको छ । बैँक तथा वित्तीय संस्थाबाट आर्थिक वर्ष २०७८/७९ मा २२ अर्ब ३० करोड पुगेको छ भने यसअघि १४ अर्ब ५ करोड मात्र थियो । नेपाल राष्ट्र बैँकको मधेश प्रदेशको आर्थिक प्रतिवेदन अनुसार सहुलियतपूर्ण कर्जा प्रवाहमा ठूलो वृद्धि आउनुमा नेपाल राष्ट्र बैँकको निर्देशन बमोजिम बैँक तथा वित्तीय संस्थाले सो कर्जा प्रवाह गर्दा धितोमा आधारित भई अन्य कर्जा सरह सहुलियतपूर्ण कर्जा प्रवाह गर्नु प्रमुख कारण रहेको छ । राष्ट्र बैँकको तथ्यांक अनुसार सर्लाहीमा सबैभन्दा बढी ४ अर्ब ४८ करोड अर्थात २०.१३ प्रतिशत सहुलियतपूर्ण कर्जा सर्लाहीमा प्रवाह भएको छ । यस्तै, सबैभन्दा कम सप्तरीमा १ अर्ब ८ करोड अर्थात ४.८७ प्रतिशत सहुलियतपूर्ण कर्जा प्रवाह भएको हो ।