जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ माघ
पूर्णब्रह्म कबीर उपासक समाज नेपाल द्वारा तत्वदर्शी संत रामपालजी महाराजको पावन सान्निध्यमा मिति २०७९ साल माघ १६, १७ र १८ गते सतलोक आश्रम धनुषामा आयोजीत विशाल भण्डारा, रक्तदान,दाईजोमुक्त विवाह तथा अमरवाणीको अखण्ड पाठको तीन दिवसीय कार्यक्रम लाखौं श्रद्धालुहरुको उपस्थिति, 41 युनिट रक्तदान तथा 6 नव जोडिहरुको दाइजोमुक्त सामुहिक
विवाह गराई भव्यताका साथ सफलतापुर्वक सम्पन्न भएको छ।आज भन्दा ५०५ वर्ष पहिले कबीर साहेब जी भारतको उत्तर प्रदेश स्थित संत कबीर नगर जिल्लामा पर्ने मगहर भन्ने स्थानमा लाखौं मानिसहरुका सामुन्ने बाट सशरीर सतलोक जानुभएको थियो। उहाँको शरीरको ठाउँमा शरीर नभएर शरीरको आकारमा सुगन्धित फूलहरु पाइएको थियो। वेदमा रहेको परमात्माको वर्णन अनुसार नै कबीर साहेबजी सशरीर सतलोक जानुभएको थियो। यसबाट कबीर साहेब सशरीर धरतीमा प्रकट हुने र सशरीर नै जाने पूर्ण परमात्मा भएको सिद्ध हुन्छ भन्ने
भक्तजनहरुको दाबी छ ।सोहि दिन मनाउँदै कबीर परमेश्वर निर्वाण दिवसको अन्तिम दिन माघ १८ गते समापनको कार्यक्रममा मधेस प्रदेशका मुख्यमंत्री सरोज कुमार यादव लगायत धनुषाको प्रमुख जिल्ला अधिकारी, नेपाल टेलिकम विरगंजको क्षेत्रिय प्रबन्धक, सशस्त्र प्रहरी मधेस प्रदेशका DIG गणेश कुमार ठाडा मगर एवं जनपद प्रहरीका SP लगायत प्रमुखहरुको विशेष उपस्थिती रह्यो । नेपाल, भारत, भुटान, सिक्कीम लगायत देश विदेशका विभिन्न ठाउँहरुबाट आएका श्रद्धालुहरु लाखौंको संख्यामा उपस्थित रहेको उक्त कार्यक्रममा
परमात्माको अमरवाणीको अखण्ड पाठ सम्पुर्ण भएपछि प्रसाद वितरण भयो । कार्यक्रममा उपस्थित प्रशासनीक महानुभावहरुले समेत बडो चाखपुर्ण निरीक्षण गरी प्रसाद ग्रहण गर्नुभयो। संत रामपालजी महाराजले आफ्नो आध्यात्मीक शास्त्र प्रमाणीत तत्वज्ञानद्वारा समाजबाट पाखण्डवाद, अन्धविश्वास, भ्रष्टाचार, भेदभाव, मांसाहार, दाईजोप्रथा, नशा सेवन जस्ता समाजिक विकृतीहरु निर्मुल गरिरहनुभएको छ । यस्ता किसिमका विभिन्न कार्यक्रमहरुका माध्यमले
समाजका सबै वर्गका मनिसहरुलाई आध्यात्मिक तथा नैतिक शिक्षा दिई पृथ्वीलाई स्वर्गसमान बनाउने संत रामपालजी महाराजको अभियानलाई अनुसरण गर्दै उहाँका भक्तजनहरु सादगीपूर्ण शाकाहारी जिवन जिउनुका साथै उनिहरुमा मानवीय गुणहरु मौलाई रहेको देखिन्छ । धर्मशास्त्र अनुसारको भक्ती
गरी मोक्षको बाटो समाउने दिक्षा संत रामपालजी महाराजले दिनुहुन्छ । कार्यक्रम मा आउने आगन्तुक हरुलाई उहाँद्वारा रचीत ज्ञान गंगा, गीता तिम्रो ज्ञान अमृत, जिउने मार्ग जस्ता जिवन उपयोगी अनमोल पुस्तकहरुको सेवा पनि सो समारोहमा गरियो ।