मधेश प्रदेशका उद्योगमन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको सपथ – Jaleshwortoday

मधेश प्रदेशका उद्योगमन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

 २४ माघ २०७९, मंगलवार २०:१२  
kk

जलेश्वरटुडे समाचारदाता
धनुषा, २४ माघ

मधेश प्रदेशका नवनियुक्त उद्योग, पर्यटन तथा वनमन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुखको सचिवालयमा आयोजित सपथ ग्रहण समारोहमा उद्योग, पर्यटन तथा वन मन्त्रीको रुपमा नियुक्त भएकी सुनिता यादव प्रदेश प्रमुख हरिशंकर मिश्रबाट र राज्यमन्त्रीमा नियुक्त भएका रहबर अन्सारी प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री सरोजकुमार यादवबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।