महोत्तरीबाट नगद घुस सहित एक सशस्त्र प्रहरी पक्राउ – Jaleshwortoday

महोत्तरीबाट नगद घुस सहित एक सशस्त्र प्रहरी पक्राउ

 १७ कार्तिक २०७७, सोमबार ००:२६  
Police

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १६ कार्तिक

महोत्तरीबाट साढे १७ हजार रुपैयाँ घुससहित एक सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहान १७ हजार ६०० रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रिय कार्यालय बर्दिबासको टोलिले सेवाग्राहीबाट १७ हजार ६०० घुसर लिइसकेको अवस्थामा निगौल चोकबाट नियन्त्रणमा लिएको हो । घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस रकम लिएको अख्तियारले जनाएको छ । गोप्य उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले सशस्त्र प्रहरी जवान चौहानलाई पक्राउ गरेको हो ।