जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २५ माघ
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा संचालित जलेश्वरनाथ अटोमोबाइल
यामाहा शोरुमले बुधबार यामाहा सलुटो १२५ सि.सि.माइलेज च्यालेन्ज प्रतियोगिताको आयोजना गरेको छ ।
सो प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेलाई संस्थाको संचालक विजय साहले
ट्राफिक प्रहरीको रोहबरमा कप तथा प्रशंसापत्र प्रदान गरेको थियो । जसमा ८०.६६
प्रति लिटर ल्याई दोस्रो स्थान ल्याउन बरिष्ठ पत्रकार दशरथ भण्डारी सफल
भएका थिए । कार्यक्रममा करिव २ दर्जन भन्दा व्यक्तिहरुले सहभागिता जनाएका थिए ।