
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २७ माघ
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा संचालित जलेश्वरनाथ अटोमोबाइल
यामाहा शोरुमले बुधबार यामाहा सलुटो १२५ सि.सि.माइलेज च्यालेन्ज प्रतियोगिताको आयोजना गरेको छ ।
नेपाल अधिराज्यमा विशेष गरी हाम्रो तराई मधेसमा १२५७ मोटरसाइकलको सेगमेन्टमा अत्याधिक बिक्रि हुने र विशेष गरी माइलेज दिने मोटरसाइकलको रुपमा प्रचलित रहेका यामाहा सलुटो १२५ सि.सि.मोटरसाइकलको माइलेज
च्यालेन्जमा विजय भएका प्रथम विजेता ईश्वर नारायण झा,फस्ट रनर अप दशरथ भण्डारी तथा सेकेण्ड रनर अप अभिनास झालाई शोरुमको संचालक तथा प्रबन्ध
निर्देशक विजय साहले कप तथा प्रसंशा पत्र प्रदान गरी सम्मान गरेका थिए । सो कार्यक्रममा सहभागि ट्राफिक प्रहरी प्रति समेत संचालक साहले विशेष सम्मान व्यक्त गरेका छन् । साथै संचालक साहले यस कार्यक्रममा सहभागि भई सहयोग गर्ने सबै ग्राहकवर्गमा धन्यबाद दिदै हार्दिक कृतज्ञता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा करिव २ दर्जन भन्दा व्यक्तिहरुले सहभागिता जनाएका थिए ।