गिटी–बालुवा निकासी करको विवादमा झडप, ४ जना घाइते – Jaleshwortoday

गिटी–बालुवा निकासी करको विवादमा झडप, ४ जना घाइते

 २८ माघ २०७९, शनिबार २३:३०  
kk

जलेश्वरटुडे समाचारदाता
धनुषा, २८ माघ

रौतहटमा गिटी बालुवा निकासीको करको विषयमा विवाद हुँदा चारजना घाइते भएका छन् । शनिबार जिल्लाको बृन्दावन नगरपालिकास्थित वाग्मती नदीको रमौली र बिश्रामपुर खोलाबाट निकालिने गिटी, बालुवा करको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ । झडपमा दुई पक्षका चार जना समान्य घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।स्थानीयले नगरप्रमुख विनोद पटेलले मनपरी गरेको भन्दै विरोधमा कर उठाउन बनाइएको झुपडी घरसमेत भत्काई आगजनी गरिदिएका छन् । नदीबाट निकासी हुने वस्तुको कर उठाउने विषयमा शनिबार अपराह्न दुबै पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए । अहिले अवस्था सामान्यजस्तै भएको उनले बताए ।