जलेश्वरटुडे समाचारदाता
धनुषा, २९ माघ
मधेश प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन भोली सार्वजनिक बिदा दिएको छ । मधेश सरकारले राजपत्रमै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने प्रकाशित गरेको छ । गत वर्षदेखि मधेश सरकारले मनाउन सुरु गरेको जनयुद्ध दिवसमा यस पटक सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन जनकपुरधाम आउन लागेको गृह तथा सञ्चारमन्त्री सत्रुधन प्रसाद सिंहले जानकारी दिए । मधेश सरकारले जनकपुरधाम स्थित मधेश भवनको कवड हलमा जनयुद्ध दिवस मनाउने कार्यक्रम रहेको गृह तथा सञ्चार मन्त्रालयले जनाएको छ ।