
जलेश्वरटुडे समाचारदाता
धनुषा, १ फाल्गुण
उपराष्ट्रपति वर्षमान पुनले वृहत् शान्तिसंझौता भएको १६ वर्ष पुगिसक्दा पनि दुईवटा काम अझै बाँकी रहेको बताएका छन् । सोमबार मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको जनयुद्ध दिवसको अवसरमा बोल्दै उपराष्ट्रपति पुनले शान्ति संझौताको मुख्य गरी दुईवटा काम अझै बाँकी रहेको बताए । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगमार्फत गर्नुपर्ने कामा सम्पन्न नभएका उनले बताए । आयोग र सरकारको ध्यानाकर्षण गराउँदै शान्ति संझौताको बाँकी कामलाई छिटो टुंगोमा पु¥याउन उनले आग्रह गरे ।