ज्ञान गंगाद्वारा औपचारिक रुपमा संगीत कक्षाको संचालन – Jaleshwortoday

ज्ञान गंगाद्वारा औपचारिक रुपमा संगीत कक्षाको संचालन

 ३ फाल्गुन २०७९, बुधबार २०:५१  
tt

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३ फाल्गुण

May be an image of 6 people, people standing and people sitting

मधेस प्रदेशको राजधानी जनकपुरधाममा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले आज औपचारिक रुपमा संगीत कक्षाको संचालन गरेको छ ।

May be an image of 10 people, child, people standing and people sitting
विद्यालयको प्रधानाध्यापक प्रा.पवन कुमार साहको अध्यक्षतामा यस अघि नृत्य कक्षा संचालनमा ल्याइसके पछि आज विधिवत रुपमा संगीतको अर्काे अंग गायन

May be an image of 6 people and people standing

कक्षाको शुरुवात गरिएको छ । यस कक्षाको संचालन तथा निर्देशन मिनापको पुरानो कलाकार तथा मिथिला सिरिजको संचालक संजय कुशवाहाले स्वयं

May be an image of 6 people and people standing

उपस्थित भएर हार्माेनियमको पुजाआजा गरी संगीत कक्षाको संचालन गरेका थिए । विद्यालयका विद्यार्थीहरु समेत हार्माेनियम र संगीत गुरु संजय कुशवाहालाई ढोगी आशिर्वाद ग्रहण गरेका थिए । त्यसै क्रममा केही गीतहरु हार्माेनियमका साथ

May be an image of 8 people, child, people standing and people sitting

गुन गुनाएर प्रशिक्षक कुशवाहाले विद्यार्थीहरुलाई आजको प्रथम कक्षाको शुरुवाता गरेका थिए । सोही अवसरमा विद्यार्थीहरु लगायत उपस्थित शिक्षकहरु समेत सो हार्माेनियमलाई बजाएर अभ्यास गरेका थिए । ज्ञान गंगा ई.पब्लिक स्कुललाई

May be an image of 2 people, people standing and indoor

जनकपुरधामको मोडेल विद्यालयको रुपमा बनाउने अभियान अन्तर्गत नविनतम प्रयासलाई प्रशिक्षक कुशवाहा लगायत उपस्थित शिक्षकहरुले प्रधानाध्यापक

May be an image of 2 people and indoor

साहको प्रशंसा गरेका थिए । सो कार्याक्रममा विद्यालयको उपप्रधानाध्यापक सोनी साहको समेत गरिमामय उपस्थिति रहेको थियो ।

May be an image of 7 people, child, people standing, people sitting and outdoors

May be an image of 8 people, people sitting, people standing and outdoors