जलेश्वरटुडे समाचारदाता
धनुषा, ३ फाल्गुण
धनुषाको मिथिला न.पा.- २, बेलाचापी स्थित सतलोक आश्रम धनुषामा पूर्णब्रह्म कबीर उपासक समाज नेपालको आयोजनामा जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको ३६ औं बोध दिवस भव्य रुपमा मनाईँदैछ। सोही बोध दिवसको उपलक्ष्यमा अमरग्रन्थ साहेबको तीन दिवसीय (फाल्गुन ३ देखि ५ गते सम्म) अखंड पाठ र विशाल भण्डारा आज देखि शुरु भएको छ । यसै विशाल कार्यक्रममा मधेस प्रदेश सभाको सभामुख रामचन्द्र मण्डल तथा मधेश प्रदेशको गृहमंत्री शत्रुधन सिंहको विशेष उपस्थिती रह्यो। त्यहाँका सबै व्यवस्था र संरचनाहरुको अवलोकन गरिसकेपछि उहाँहरुले भण्डारा प्रसाद पनि ग्रहण गर्नुभयो ।
विभिन्न धर्म सम्प्रदायका व्यक्तिहरु भएपनि कुनै किसिमको विभेद, असमानता नदेखिएको र आपसी सद्भाव, भाइचाराका साथ अनुशासित भएर निस्वार्थ सेवा गरेको देखेर एकदमै हर्षित भएको अनुभव सबै अतिथिहरुले साझा गर्नुभयो । यस्ता कार्यक्रमले समाजबाट सबै विभेद अन्त्य हुने र समाजमा शान्ति स्थापना हुने भएकोले अन्यत्र पनि गर्नुपर्ने अनुरोध मन्त्रीज्युले गर्नुभयो। सन १९८८ मा सन्त रामपालजी महाराजले परम सन्त रामदेवानंदजी संग दीक्षा प्राप्त गर्नुभयो तथा तन-मन-धन ले सक्रिय भएर स्वामीजी द्वारा बताइएको भक्ति मार्गको साधना गर्नुभयो र परमात्माको साक्षात्कार गर्नुभयो। “सन १९८८ फरवरी १७ तारिख फाल्गुन औंशीको रात्रिमा संत रामपालजी महाराजलाई मन्त्रदीक्षा प्राप्त भएको थियो। उपदेश दिवस (दीक्षा दिवस) लाई संतमतमा उपदेशी भक्तको आध्यात्मिक जन्मदिन मानिन्छ।” संत रामपालजी महाराजले दिक्षा लिनुभएको दिनको स्मृतिमा उहाँको बोध दिवस मनाइएको हो र सो को उपलक्ष्यमा नेपाल र भारत गरी ९ वटा सतलोक आश्रमहरुमा विशाल भंडारा, घ्यूको अखण्ड दीप प्रज्वलन सहित तिन दिन सम्म सन्त गरिब दासजीको अमृतवाणीको अखण्ड पाठ गरिन्छ जुन आजदेखि शुरु भएको छ।यसका साथै निःशुल्क मन्त्रदीक्षा, रक्तदान शिविर, दाइजो तथा आडंबर रहित आदर्श विवाह आदि कार्यक्रमहरुको पनि आयोजना गरिएको छ। नेपाल, भारत, सीक्कीम, भुटानबाट हजारौंको संख्यामा श्रद्धालुहरु सहभागी भएको यस भण्डारामा शुद्ध घ्युमा बनेका लड्डु,जेरी,हलुवा प्रसाद मुख्य रहेको छ भने आश्रममा आउने हरेक व्यक्ति लाई फर्किने बेलामा उक्त प्रसादको एक पोका पनि साथमा घर लैजानका लागि दिइने गरिएको छ। आश्रमका सबै व्यवस्थाहरु सर्व आगन्तुकका लागि नि:शुल्क रुपमा प्रदान गरिएको जानकारी संस्थाका अध्यक्ष कुमार डंगोल ज्युले जानकारी दिनुभयो। परम सन्त रामपालजी महाराज द्वारा लिखित ज्ञान गंगा, गीता तिम्रो ज्ञान अमृत,जीउने मार्ग जस्ता आध्यात्मिक ज्ञानयुक्त पुस्तकको सेवा पनी यस कार्यक्रममा गरिँदैछ। यहि फाल्गुन ५ गते समापन हुने यस कार्यक्रममा प्रदेशका विशिष्ट व्यक्तीत्वहरुको उपस्थिती रहनेछ ।