महाशिवरात्रीको अवसरमा जलेश्वरनाथ महादेव परिसरलाई बेहुली झै सजाइयो – Jaleshwortoday

महाशिवरात्रीको अवसरमा जलेश्वरनाथ महादेव परिसरलाई बेहुली झै सजाइयो

 ४ फाल्गुन २०७९, बिहीबार २१:४६  
rr

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ४ फाल्गुण

No description available.

No description available.

यस वर्ष शनिवार मनाइने महाशिवरात्रीको अवसरमा मधेस प्रदेशको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा अवस्थित जलेश्वरनाथ महादेव

No description available.

परिसरलाई बेहुली झै सजाइएको छ । सो क्रममा मन्दिर भित्रका शिव मन्दिर,पार्वति मन्दिर लगायत विभिन्न मन्दिरहरुलाई शयपत्रीको फुलले

No description available.

सजाइएको छ भने विभिन्न ठाउँहरुमा लगाइएको गुलजस्ताले मन लोभ्याउने विश्वास गरिएको छ । मन्दिरलाई पहेलो रंगले रंगरोगन गरिएको छ भने विभिन्न

No description available.

ठाउँहरुमा लेखिएको ओम तथा शिव भगवानसँग सम्बन्धीत लेखहरुले यस क्षेत्रको धार्मिकतालाई दर्शाएको देखिन्छ । मन्दिरको चारै क्षेत्रलाई विभिन्न रंगीचंगी

No description available.

कपडा तथा फुलहरुले सजाइएको प्रष्ट देख्न सकिन्छ । यति मात्र होइन फोटो खिचाउने साइटलाई समेत मूल मन्दिरदेखि दक्षिणपट्टी राखिएको मुल द्वारबाटै

No description available.

देख्न सकिन्छ । साथै भक्तजनहरुको भिडलाई नियन्त्रित राख्न र जलेश्वरनाथको दर्शन सहज बनाउनको लागि बाँसको सहयोगले पूर्व,पश्चिम तथा उत्तरतिर लाइन

No description available.

बनाइएको छ । रात्रिकालमा बालिने झिलिमिली बत्ति तथा छाताको सजावटले मन्दिर परिसरलाई मनमोहक बनाएको देखिन्छ । मन्दिरको मूल द्वारको

No description available.

माथिल्लो भागलाई समेत सयपत्रि फुलको मालाले सजाइएको छ । यति मात्र होइने मन्दिरको मुल द्वारदेखि बाहिरको उत्तरी,पश्चिमी तथा पूर्वी सडकहरु

No description available.

झालर,कपडा तथा स्वागत द्वारले सजाइएको छ ।

No description available.

त्यसैगरी प्रत्येक वर्ष झै जलेश्वर टुडे दैनिक पत्रिका परिवार,ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल परिवार,कामिनी व्यूटी पार्लर परिवार तथा नेपाल

No description available.

सद्भावना पार्टी महोत्तरी जिल्ला समिति परिवारले सँयुक्त रुपमा स्वागत द्वार बनाउन लगाएर शहरको मनमोहकतामा चार चाँद थपेको देखिन्छ ।

No description available.
महाशिवरात्रीको अवसरमा स्थानिय युवा कल्ब तथा सुरक्षा निकायका प्रतिनिधिहरुले बिहिबार बिहानै मन्दिर सरसफाई समेत गरेका थिए । पूर्व कार्यक्रम

No description available.

अनुसार बिधिवत रुपमा शुक्रबार नगर प्रमुख सुरेश साह सोनार,तथा पालिका पदाधिकारीहरु,स्थानिय प्रदेश साँसदहरु,सम्पूर्ण नगरबासी,स्थानिय

No description available.

विद्यालय,कल्ब,विभिन्न संघसंस्था,राजनीतिकर्मी,समाजसेवी,बुद्धिजिवि,सुरक्षा निकाय तथा पत्रकारहरुको उपस्थितिमा कलश शोभायात्रा समेत निकालिने

No description available.

महाशिवरात्री मेला परिवारको अध्यक्ष रमण चौधरीले जानकारी गराए । साथै अध्यक्ष चौधरी सम्पूर्ण जलेश्वर नगरबासी तथा छिमेकी पालिकाहरुका सदस्यहरु

No description available.

समेत यस शोभा यात्रामा सहभागि हुन अनुरोध गरेका छन् ।
यसैगरी शनिवार महाशिवरात्रीको दिन जलेश्वरनाथलाई बेलपत्र,पुष्प,माला,जल

No description available.

लगायतका सामाग्रीहरु अर्पण गरी मनवाँचित फल प्राप्त गर्न जलेश्वरनाथको मन्दिर परिसरमा उपस्थित भई दिन सबै देशी तथा बिदेशी श्रद्धालु भक्तजनहरुसँग

No description available.

नगर प्रमुख सोनारले आग्रह गरेका छन् ।
विश्वमै प्रख्यात रहेको जलगुफा भित्रको महाशिवलिंगको स्पर्श तथा दर्शनले

No description available.

विभिन्न रोग व्याधि निको हुने,यश,बैभव,सुख तथा शान्तिको प्राप्ति हुने गरेको जनआस्था रहि आएको छ ।

No description available.
यस मन्दिरको प्रचारप्रसारको लागि बढी पर्यटक आउने ठाउँहरुमा यस मन्दिर सम्बन्धी जानकारी भएको फ्लैक्स तथा फोटाहरुको व्यवस्थापन गराउन आवश्यक

No description available.

रहेको विज्ञहरुको सल्लाह रहेको छ ।

No description available.

No description available.

No description available.

No description available.