जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ४ फाल्गुण
महोत्तरी जिल्ला स्वास्थ्य कार्यालय जलेश्वरले एक दिने अन्तरक्रिया कार्यक्रम वीच सरोकारबालाहरुले हात्तिपाईले सम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेको बताएका छन् ।
पछिल्लो समयमा यस सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरिए पनि र हात्तिपाईले रोग उन्मुलनको प्रतिशत बढेको देखाए पनि यथार्थमा अहिले पनि हात्तिपाईले रोगका संक्रमित औषधि खानबाट बञ्चित रहेको बताएका छन् । यस सम्बन्धमा हात्तिपाईले लागेका व्यक्तिहरु स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा नखानुको कारण हात्तिपाईले रोगीमा यथोचित कमी नआएको स्वास्थ्यकर्मीहरुले बताए थिए ।
विशेष रुपमा नेपालको ४८ जिल्लामा ३० हजार जना मध्ये धेरै जना हाइड्रोसिलबाट रोगको संक्रमण रहेको बुझिएको छ जसलाई क्युलेक्स लामखुट्टेले सार्ने गरेको बताइएको थियो । अब नयाँ नीति अनुरुप स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी खुवाउनु पर्ने तथा औषधी खाएकाहरुलाई मसीले चिनो लगाएर यकिन गर्ने बताइएको थियो । अझै हात्तिपाईले रोगको औषधी खाँदा असामान्य अवस्था बाहेक कुनै पनि डरचिन्ता नगर्नु पर्ने स्वास्थ्यकर्मीहरुले बताए थिए । महोत्तरीको कुन गाउँ वा नगरपालिकामा बढी वा कम संक्रमित रहेको तथ्याँक अभावको कारण बताउन नसकेको बताइएको थियो । यस सम्बन्धी जनचेतना फैलाइदिन कार्यालय प्रमुख भोला यादवले सबै सरोकारबालाहरुसँग आग्रह गर्नु भएको थियो ।
सो कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालयको कार्यालय प्रमुख भोला यादवको अध्यक्षता तथा पत्रकार महासंघको भू.पु.अध्यक्ष कमलेश मण्डलको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा कार्यालयको स्वास्थ्य कर्मचारीहरु तथा विभिन्न सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।