शिवालयहरुमा महाशिवरात्रिको भव्यता :मधेस प्रदेश प्रमुख,मुख्य मन्त्री देखि मन्त्रीहरुद्वारा जलेश्वरनाथको पुजाआजा – Jaleshwortoday

शिवालयहरुमा महाशिवरात्रिको भव्यता :मधेस प्रदेश प्रमुख,मुख्य मन्त्री देखि मन्त्रीहरुद्वारा जलेश्वरनाथको पुजाआजा

 ६ फाल्गुन २०७९, शनिबार २१:०४  
rr

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ६ फाल्गुण

May be an image of 7 people and people standing

देवोका देव महादेवको आज बैबाहिक दिन अर्थात महाशिवरात्रिमा शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको सभ्य र भव्य सहभागिताले थप भव्यता देखिएको छ ।

No description available.
काठमाडौंको पशुपतिनाथदेखि महोत्तरीको जलेश्वरनाथ,मंगलनाथ तथा धनुषाको कुपेश्वरनाथ,कुपेश्वरनाथ,टुटेश्वरनाथ,क्षिरेश्वरनाथ लगायतका विभिन्न

No description available.

शिवालयहरुमा शिव शिष्य,शिष्या तथा भक्तजनहरुको भिडभाड देखिएको थियो । मेला व्यवस्थापन समितिले भिडलाई नियन्त्रण गर्न विभिन्न प्रयास तथा

No description available.

साधनहरुको प्रयोग गरेका थिए । यसै क्रममा महोत्तरीको जलेश्वरनाथ महादेवको दर्शन गर्न मधेस प्रदेश प्रमुख हरि शंकर मिश्र,मुख्यमन्त्री सरोज कुमार

May be an image of 6 people, people standing and outdoors

यादव,उद्योग,पर्यटन तथा वन मन्त्री सुनिता यादव,मटिहानी नगर प्रमुख हरि प्रसाद मण्डल लगायत अन्य महोत्तरीका पालिका प्रमुख तथा अन्य

May be an image of outdoors

पदाधिकारीहरुको गरिमामय उपस्थिति रहेको थियो । सोही क्रममा जलेश्वरनाथ र जलेश्वरलाई पर्यटकीय रुपमा चिनाउन उद्योग,पर्यटन तथा वन मन्त्री सुनिता

 

May be an image of 2 people and outdoors

यादवसँग विशेष छलफल भएको जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले जानकारी गराएका छन् ।

May be an image of 2 people and people standing

यता जलेश्वरनाथको दर्शनलाई सहज र सरल बनाई दिनको लागि मेला समितिको अध्यक्ष रमण कुमार चौधरी लगायतका सदस्यहरु,नेपाली सेना,सुरक्षा

May be an image of 5 people and people standing

निकाय,विभिन्न युवा कल्व तथा समाजसेवीहरुको युद्धस्तरको सहभागिता रहेकोे थियो ।

May be an image of 2 people

महाशिवरात्रि मेला समितिको अध्यक्ष चौधरीले मेला व्यवस्थापन तथा संचालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सरोकारबालाहरु प्रति आभार व्यक्त गरेका छन् ।

May be an image of 8 people, people walking, people standing and road

फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक

May be an image of one or more people, people standing and outdoors

चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

May be an image of 4 people and people standing

माघ महीनामा महादेवको रुद्रत्व अर्थात जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व जगतको कल्याण गर्ने तत्व०ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले

May be an image of 5 people and people standing

शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत

May be an image of 4 people, people standing, balloon and outdoors

बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरि रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

No description available.

आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

May be an image of 2 people and outdoors

May be an image of 4 people, people standing and outdoors