
जलेश्वरटुडे समाचारदाता
धनुषा, ६ फाल्गुण
मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले शहीदहरुको बलिदानी र प्रजातन्त्र सेनानीहरुको अथक परिश्रमबाट २००७ साल फाल्गुण ७ गते प्राप्त प्रजातन्त्र दिवसको अवसरमा मधेस प्रदेश सहित देश र विदेशमा रहेका सम्पूर्ण नेपाली जनताको सुख,शान्ति,समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
यस अवसरमा देशमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवनको आहुति दिने सम्पूर्ण महान् शहीदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण समेत गरेका छन् । साथै जीवनभरी प्रजातान्त्रिक मूल्य,मान्यता,आदर्श र सिद्धान्त प्रति प्रतिबद्ध रहनु भएका प्रजातन्त्रका सेनानीहरु प्रति उच्च सम्मान प्रकट गरेका छन् । प्रजातन्त्रको स्थापनामा महत्वपूर्ण योगदान गर्ने राजनीतिक दल,आम जनसमुदाय,प्रजातन्त्र प्रति सद्भाव राख्नु हुने छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय मित्रहरुमा विशेष आभार प्रकट गरेका छन् ।
अन्त्यमा प्रजातन्त्र दिवसले लोकतन्त्र,संघियताको सुदृढीकरण र जनताको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस् भन्ने कामना शुभकामना पत्रमा लेख्नु भएको छ ।