
जलेश्वरटुडे समाचारदाता
धनुषा, ७ फाल्गुण
मधेस प्रदेशको राजधानी जनकपुरधाममा अवस्थित साना तथा ठूला होटलहरुको अनुगमन सम्बन्धीत सरोकारबालाहरुले गर्न आवश्यक रहेको देखिन्छ ।
अहिले शहरमा आवश्यकता भन्दा बढी होटलहरुको संचालन भईसकेका छन् भने दिनानुदिन नयाँ होटल व्यवसायको संचालनमा सम्बन्धीत निकायको अवरोध नरहेको देखिन्छ । अहिले कतिपय होटलहरु विना दर्ता चलाएका छन् भने कतिपय होटलमा अखाद्य सामाग्रीहरु मिसाएर बेच्ने गरेको जनगुनासो बढेको छ । अहिले खानाको मुल्य भन्दा नास्ता तथा खाजाको मुल्य महँगीएको देखिन्छ । होटलहरुमा सरसफाईको समेत कमि देखिएको छ । यसले गर्दा साधारण उपभोक्ताहरु यस्ता व्यवसायीहरुबाट खाद्य सामाग्री किन्न बाध्य हुनुका साथै ठगीएको समेत जनगुनासो बुझिएको छ । यसै क्रममा जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत वडा नं.—४ मा पर्ने कदम चौकमा रहेको राजदेवी स्वीट एण्ड चाट पसलले ८० रुपैयाँमा एक प्लेट चाट र ५० रुपैयाँमा हाफ प्लेट चाट बेच्ने गरेको बुझिएको छ । यसै गरी अन्य सामानहरुमा समेत मनपरी हिसाबले सामान बेच्ने गरेको हुदा सम्बन्धीत निकायले समयमै ध्यान दिन आवश्यक छ । यस्तो सामानको मोलमा फरकको कारण सोध्दा झन् रिसाएर उपभोक्ताहरुलाई दुव्र्यवहार गरेको बुझिएको छ ।
होटल सबैका लागि आवश्यक छन् तर यसको नियमित रुपमा अनुगमन तथा जाँचपडताल हुनुपर्दछ । गैरकानुनी रुपमा संचालनमा रहेका तथा महँगो अखाद्य सामाग्री बेच्ने व्यवसायीहरुलाई निरुत्साहित गर्न उपमहानगर तथा सम्बन्धीत सरोकारबालाहरुले ध्यान दिन आवश्यक छ ।