चौथो पटक पोखरेल उत्कृष्ठ – Jaleshwortoday

चौथो पटक पोखरेल उत्कृष्ठ

 ७ फाल्गुन २०७९, आईतवार २२:०३  
Manohar Pokharel

जलेश्वरटुडे समाचारदाता
सप्तरी, ७ फाल्गुण

सप्तरी जिल्लामा रहेर मानवअधिकारको अभिलेख, प्रसार र पीडितको न्यायकालागिकामगर्दै आउनु भएकामनोहर पोखरेल इन्सेकबाट २०७९ सालको उत्कृष्ठ प्रतिनिधिघोषित हुनु भएको छ ।
यसअघि २०७४ सालमापूर्वाञ्चल र २०७५ सालमामधेस प्रदेशबाट उत्कृष्ठ प्रतिनिधिबाट उत्कृष्ठ प्रतिनिधिका रुपमापुरस्कृत हुनु भएकापोखरेलले यस वर्ष पनिउत्कृष्ठ प्रतिनिधि घोषित हुनु भएको इन्सेकले जनाएको छ ।
नेपालमानवअधिकार वर्ष पुस्तक २०२३ को ३१औं अंकको आइतबार काठमाडौंमाविमोचनभएसँगै पुरस्कृत हुनेहरुको नाम सार्वजनिकभएको हो । आइतबार नै सबै प्रदेशको राजधानीमा समेत एउटै समयमा पुस्तक सार्वजनिकरण भएको छ ।
पोखरेलकाम सुरुवात गरेकै वर्ष २०७० सालमादेशभरीकै सर्वोत्कृष्ठप्रतिनिधिको पुरस्कारबाट पुरस्कृत बन्नुभएको थियो ।२०७४ सालदेखि सर्वोत्कृष्ठ पुरस्स्कारको प्रावधान हटाएर इन्सेकले प्रदेश स्तरको उत्कृष्ठ पुरस्कारलाई मात्रनिरन्तरतादिदै आएको छ ।
सप्तरी जिल्लामा रहेर मानवअधिकारको अभिलेख र प्रसारको कामगर्दै आउनु भएकापोखरेल चारपटक महिनाको उत्कृष्ट प्रतिनिधिबाटसमेत पुरस्कृतहुनु भएको छ । २०७६ सालदेखि सुरु भएको महिनाको उत्कृष्ठ पुरस्कारमाचार पटक पुरस्कार प्राप्तगरिसक्नु भएकापोखरेल मानवअधिकारका समसामयिकविषय र आधारभूततहकामानिसहरूको अधिकारका सवालमाकलमचलाउनुका साथै पीडितको न्यायप्राप्तिकालागिवकालतगर्दै आउनु भएको छ । पोखरेलले २०७६ असार, ०७७असोज, ०७९ वैशाख र ०७९ पुस महिनाकोउत्कृष्ठ प्रतिनिधिबाट समेत पुरस्कार प्राप्तगर्नुभएको छ ।
यो वर्ष प्रदेश १ बाटधनुक्टाका इश्वर थापा, बागमतीप्रदेशबाट दोलखाका उद्धवप्रसाद पोखरेल, गण्डकी प्रदेशबाट म्याग्दीका अमृतप्रसाद पौडेल, लुम्बिनीप्रदेशबाट रुपन्देहीका रिमाबीसी, कर्णालीप्रदेशबाट हुम्लाकानन्द सिंह र सुदूर पश्चिमबाट दार्चुलाका नरेन्द्रसिंह कार्की उत्कृष्ठ घोषित हुनु भएको छ ।
पुरस्कृत सबैलाई प्रशंसापत्रसहितनगद सातहजार र उपहारबाट आगामीदिन पुरस्कृत गरिने इन्सेकले जनाएको छ ।
काठमाडौँमाआयोजितकार्यक्रममासन् २०२२ का मानवअधिकार उल्लङ्घनतथाज्यादतीका घटनामा ७हजार ३ सय ७६ जना पीडित भएको तथ्याङ्क सार्वजनिकगरिएको छ ।सन् १९९२ देखि हरेक वर्ष फागुन७गते पुस्तकप्रकाशन गरी विमोचनगर्दै आएको नेपालमानवअधिकार वर्ष पुस्तक २०२३ मा सो तथ्याङ्क समेटिएको हो ।
इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२२ मामानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७हजार ३ सय ७६ जना पीडित भए । सन् २०२१ मा यस्ता घटनामा ६ हजार २ सय ८५ जना पीडित भएको अभिलेख राखेको इन्सेकले जनाएको छ ।

सन् २०२२ मा राज्य पक्षाबाट भएकामानवअधिकार उल्लङ्घनका घटनामा ५० महिला र ५ सय ७२ पुरुष गरी ६ सय २२ जनातथाअन्य पक्षाबाट भएकाज्यादतीका घटनामा ५ हजार ९ सय ४४ जनामहिला, ८ सय ७पुरुषर तीनजना यौनिकतथा लैङ्गिकअल्पसङ्ख्यकसहित ६ हजार ७ सय ५४ जना पीडित भएका इन्सेककाकार्यकारी निर्देशकविजयराजगौतमले बताउनु भयो ।
सार्वजनिकतथ्याङ्कअनुसार महिलामाथिहुने हिंसाका घटनामा सबैभन्दा बढी ४ हजार २ सय २८ जना पीडित देखिएको छ ।