महोत्तरीमा फागुन ११ देखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने – Jaleshwortoday

महोत्तरीमा फागुन ११ देखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने

 ८ फाल्गुन २०७९, सोमबार २१:०२  
ff

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ८ फाल्गुण

फागुन ११ देखि २४ गतेसम्म स्वास्थ्यकर्मीहरू घर–घरमा नै पुगेर ३ वर्ष देखी माथिका सवैजनालाई उचाइ, वजनअनुसार औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

गत वर्षको एक तथ्याङ्क अनुसार १ हजार ५ सय जनामा सङ्क्रमण देखा परेको थियो ।

स्वास्थ्यकर्मीहरूको अनुसार हात्तीपाइले रोगको इपिडेमियोलोजी समयमा गर्न सकिएन भने यसले भयावह रूप लिन सक्छ । हात्तीपाइले रोगको धेरैजसो सङ्क्रमण लक्षण विनाको हुन्छ भने पछि गएर अङ्ग सुनिने पनि गर्दछ ।

कतिपयमा अण्डकोष, केहीमा खुट्टा, केहीमा हात, केहीमा स्तन र शरीरका अन्य अङ्गहरू सुनिने स्वास्थ्यकर्मीहरूको भनाइ छ । यो सुनिएपछि उपचार समेत कमै हुने पनि स्वास्थ्यकर्मीहरूले बताएका छन् ।