जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ८ फाल्गुण
महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६० औं वार्षिक उत्सवको अवसरमा महोत्तरी जिल्लाको मध्य पूर्वी पृतना हे.क्वा. बर्दिबासका पृतनापति उपरथी प्रेमध्वज अधिकारीले आज एक समारोह बीच जलेश्वर नगरपालिकाका नगर
प्रमुख सुरेश साह सोनारलाई नेपालको राष्ट्रिय झण्डा,ओम तथा रुद्राक्षका मालाहरु हस्तान्तरण गरेका छन ।
कार्यक्रममा नेपाली सेनाका नौ नंबर बाहिनी अड्डाका बाहिनीपति शक्तिजंग बस्नेत,श्री रणभीम गणका गणपति उत्तम कटवाल,श्री बर्द बहादुर गणका
गणपति रमेश थापा,श्री नयाँ गोरख गणका गणपति दिपक टण्डन क्षेत्री,श्री भैरवी दल गणका गणपति अभिषेक कार्की,श्री तारादल गणका गणपति संजीव सिंह
सिजापति र श्री नं.१ वन तथा पर्यावरण सुरक्षा गणका गणपति निरन बस्नेत,जलेश्वर नगरपालिका वड़ा नं. २ का वड़ा अध्यक्ष वरुण दाहाल लगायतका
सहभागिता रहेको थियो । पृतनापति अधिकारी तथा अन्य गणपतिहरुलाई जलेश्वर आईपुग्नु हुँदा जलेश्वरनगरपालिकाका नगर प्रमुख सोनारले
गमछा,माला लगाई जलेश्वरनाथको फोटो समेत प्रदान गरेर स्वागत एवं सम्मान गर्नु भएको थियो ।