
जलेश्वरटुडे सामाचारदाता
महोत्तरी, ९ फाल्गुण
१५ दिने मिथिला माध्यमिकी परिक्रमालाई कल्यानेश्वर स्थानमा भव्य स्वागत गरिएको छ । रामजानकी डोलालाई कल्यानेश्वर मन्दिर परिवार तथा स्थानियहरुले फुल,माला अविर तथा फलफुल चढाएर स्वागत गरेका थिए । १५ दिने मिथिला परिक्रमाको भारतमा पर्ने पहिलो विश्राम स्थल कलना नै हो । मेलामा साधुसन्त तथा श्रद्धालु भक्तजनहरुलाई सहयोग गर्न विभिन्न सामाजिक संघसंस्थाहरुले निःशुल्क भोजन,औषधी तथा दाउरा वितरण गरेका थिए । मेलाको भिडलाई व्यवस्थापन गर्न युवा स्वयं सेवकहरुको परोपकारी भूमिका रहेको देखिएको थियो ।
त्यसैगरी रामजानकी डोला बुधबार भारतकै गिरीजास्थान(फुलहर) आइपुग्ने छ ।