सुस्वागतम् । सुस्वागतम् ।। – Jaleshwortoday

सुस्वागतम् । सुस्वागतम् ।।

 ११ फाल्गुन २०७९, बिहीबार २०:५४  
gg

विश्वमै भव्य तथा सभ्य मानिएको मिथिला माध्यमिकी परिक्रमा आज मटिहानीमा विश्राम गरी बाटोमा पर्ने गाउँ सुगा भवानीपट्टी हुदै बाबा जलेश्वरनाथको नगरी आइपुगेको मिथिला बिहारी तथा किशोरीजीको डोला सहितको साधुसन्त तथा श्रद्धालु भक्तजनहरुलाई सुस्वागत गर्न चाहन्छौं । धनुषाको मिथिला बिहारी नगरपालिका अन्तर्गत कचुरी स्थित रहेको मठबाट मिथिला बिहारी तथा किशोरीजीको डोला जनकपुरधामको हनुुमाननगर स्थित हनुमानगढी, भारतको कल्यानेश्वर, गिरिजास्थान,महोत्तरीको मटिहानी हुदै आज बाबा जलेश्वरनाथको नगरी जलेश्वर नगरपालिकामा आइपुगेको यस घडीमा समस्त नगरबासी तथा श्रद्धालुहरुमा हर्ष तथा श्रद्धा जागृत भएको सहजै देख्न सकिन्छ । समस्त नगरबासीलाई आज भगवान राम माता जानकीको आगमन भएको अनुभूति भएको छ । डोलासँग आइपुगेका साधुसन्त तथा श्रद्धालु भक्तजनहरु यस सत्य तथा अलौकी ईश्वरीय पदयात्राका सहयात्रि हुने अवसर पाएकोमा सबै श्रद्धालुहरु धन्यधन्य भएका छन् ।
बाबा जलेश्वरनाथ नगरीमा परिक्रमाबासीलाई कुनै पनि आवश्यक सहयोगको कमी नहुन दिनको लागि त्यहाँका स्थानिय मेला समिति,स्वयं सेवक साथीहरु,नगर प्रमुख,सुरक्षा निकाय,सेवामुखि संघसंस्था,स्वास्थ्य कार्यालय,स्थानिय समाजसेवी,राजनीतिकर्मी,मावन अधिकारकर्मी,पत्रकार लगायत विभिन्न सरोकारबालाहरुले सक्रिय भईदिन आवश्यक रहेको देखिन्छ ।
अन्त्यमा यस परिक्रमामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागि भएका समस्त भक्तजनहरुमा हार्दिक शुभकामना ज्ञापन गर्दै सुस्वागत गर्दछौं ।