मिथिला परिक्रमाका पदायात्री पुगे जलेश्वर,शनिवार मडै पुग्ने – Jaleshwortoday

मिथिला परिक्रमाका पदायात्री पुगे जलेश्वर,शनिवार मडै पुग्ने

 १२ फाल्गुन २०७९, शुक्रबार १७:५२  
jj

राकेश प्रसाद चौधरी
जलेश्वर, १२ फाल्गुण

No description available.

जनकपुरलाई केन्द्रमा राखेर रामजानकीको प्रतिमासहित शुरु भएको १५ दिने मिथिला परिक्रमा आज जलेश्वर पुगेको छ ।

No description available.

जलेश्वर पुगेको मिथिलाविहारीजी तथा जानकीजीको डोलालाई जलेश्वरवासीले स्वागत गरि धार्मिक नारा सहित परिक्रमा गाछी स्थित बिश्राम स्थलसम्म लगेका हुन् । बाजागाजा सहित जलेश्वर भित्राइएको रामजानकीको प्रतिमालाई परम्परा अनुसार जलेश्वर महादेवको दर्शन गराइएको छ ।

No description available.

औंसीदेखि फागु पूर्णिमाको १५ दिनसम्म पदयात्रीहरू नेपाल तथा भारतको विभिन्न धार्मिक स्थानमा पुगेर पुजापाठ गर्दै रात्री बिश्राम गर्नेगर्छन् । धनुषाको कचुरीबाट मिथिलाविहारीजी तथा जनकपुरको अग्निकुण्डबाट रामजानकीको प्रतिमा सहितको डोलासहित पदयात्रीहरू जनकपुरनजिकैको हनुमानगढीमा

No description available.

बिश्राम गरि दोस्रोदिनबाट पदयात्रा प्रारम्भ गरेका थिए । कलानेश्वर, गिरिजास्थान, मटिहानीहुँदै शुक्रवार साधुसन्त, नागा। सन्यासी तथा गृहस्थ आश्रमका पदयात्रीहरू जलेश्वर पुगेका हुन् । महोत्तरी जिल्लामा मटिहानी, जलेश्वर, मडै, धु्रवकुण्ड तथा कञ्चनवन विश्रामस्थल पर्दछन् । हरेक बर्ष झैं महन्थ तथा साधुसन्तहरूले कञ्चनवनमा अविर खेलेर होली प्रारम्भ भएको घोषणा गर्नेछन् ।

May be an image of 12 people, people standing, outdoors and temple

मिथिलामा स्नान, दान, जप, हवन गरे जन्म–जन्मसम्म सीतारामजीको अत्यन्त प्रिय पात्र रह्ने धार्मिक ग्रंथ मिथिला महात्म्यमा उल्लेख रहेको जलेश्वरका

May be an image of 9 people, people standing, outdoors and text that says 'ന0ം 園 ক सीता राम सीता राम सीता राम सीता राम सीता राम सोता राम सोताराम राम सोता राम सा'

स्थानीय विश्वनाथ साह बताउँछन् । हरेक बर्ष पदयात्रीहरू नेपालको ११ र भारतको ४ सहित १५ स्थानको १ सय ५० किलोमिटरभन्दा बढीको यात्रा गरि मिथिला परिक्रमा गर्ने गर्छन् । शनिवार पराम्परागत रुपमा परिक्रमा मडै पुगी विश्राम गर्ने छ ।

May be an image of 8 people, people standing, outdoors and crowd