जलेश्वरटुडे समाचारदाता
धनुषा, १६ फाल्गुण
आज जलेश्वर नगरपालिकाद्वारा आयोजित नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ समपन्न भएको छ । सो प्रतियोगितामा उत्कृष्ट गर्ने सहभागिहरुलाई नगर प्रमुख सुरेश साह सोनारले कप प्रदान गरेर प्रोत्साहित गर्नुभएको थियो । उक्त कार्यक्रममा बिभिन्न विद्यालयका प्रधानाध्यापक,विद्यार्थी,नागरिक समाजको समेत उपस्थिति रहेको थियो। सोही क्रममा साउथ एसियन क्याम्ब्रिज विद्यालयलाई कबडी तर्फ दोस्रो पुरस्कार प्रदान गरिएको थियो ।