जलेश्वरमा एसइइ विद्यार्थीसँग मेयर कार्यक्रम समपन्न – Jaleshwortoday

जलेश्वरमा एसइइ विद्यार्थीसँग मेयर कार्यक्रम समपन्न

 १८ फाल्गुन २०७९, बिहीबार २२:५८  
mm

राकेश प्रसाद चौधरी
महोत्तरी, १८ फाल्गुण

जलेश्वरमा आयोजित एसइइ विद्यार्थीसँग मेयर कार्यक्रममा उद्वैत चैतन्य(अभिनव)ले प्रवचन दिएका छन् ।

जलेश्वरबाट प्रवेशिका गरेका अभिनव मुम्बईको विभिन्न कलेजमा प्रेरक वक्ताको रुपमा कक्षाहरु लिने गर्छन् । खाली हात आएकोले खाली हात जानुपर्छ भन्ने भाष्यको सट्टा खाली हात आए पनि समाजलाई केही दिएर जाँदा खाली हात जानु नपर्ने प्रेरणादायक धारणा अभिनवले विद्यार्थी माझ साझा गरे । नगरपालिका क्षेत्रबाट एसइइमा सहभागी हुन लागेको सम्पूर्ण विद्यार्थीको सहभागिता रहेको यस कार्यक्रमको आयोजना जलेश्वर नगरपालिकाले गरेको थियो ।

कार्यक्रममा नगर प्रमुख सुरेश साहले आफू महेन्द्र आदर्श विद्यालयबाट व्यवस्थापन समितिको अध्यक्ष चुनिएकै समयदेखि शिक्षा प्रति अधिक चाँसो राखेको बताए । शिक्षा प्रतिको चाँसोकै कारण मेयर बनेकोले एसइइमा उत्कृष्ट हुनेलाई पुरस्कृत गर्ने योजना बनाएको समेत विद्यार्थीलाई सुनाएका थिए ।