जलेश्वरटुडे समाचारदाता
धनुषा, १८ फाल्गुण
जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा यहि फाल्गुन १८,१९ र २० गते सतलोक आश्रम धनुषामा आदरणीय सन्त गरीबदासजी महाराज को बोध दिवसको उपलक्ष्यमा हुन गैरहेको अखण्ड पाठ, विशाल भण्डारा, रक्तदान तथा दाइजो रहित विवाह कार्यक्रम १८ गते बुधबार देखि शुरु भएको छ। उक्त कार्यक्रमको निमन्त्रणा स्वीकार गरी कार्यक्रमको पहिलो दिन नै मधेस प्रदेशका गृहमन्त्री सत्रुधन प्रसाद सिंह, सशस्त्र प्रहरीका DIG गणेश ठाडा मगर ज्युले आश्रममा उपस्थित भएर भन्डारा प्रसाद ग्रहण गरी सम्पुर्ण व्यवस्थाहरु अवलोकन गर्नुभयो। कार्यक्रममा विशाल प्रदर्शनी स्थल पनि बनाइएको थियो। मन्त्रीज्यू, DIG लगायत आउने सर्व श्रद्धालु तथा आगन्तुकहरुले प्रदर्शनी बाट शास्त्रानुकुल आध्यात्मिक चेतना प्राप्त गरेको र समाजलाई नशा, दाइजो प्रथा, भ्रष्टाचार, घरेलु हिंसा, भेदभाव, पाखण्ड्वाद, अन्धविश्वास, आत्महत्या जस्ता विकृतिहरु बाट जोगाउन सन्त रामपालजी महाराजको ज्ञानले प्रभावकारी भुमिका निभाएको कुरा बताउनुभयो ।
सन्त रामपालजी महाराजले स्वच्छ, सभ्य, आध्यात्मिक समाज निर्माण गरेर सर्व मानवलाई सुखी बनाउने र पूर्ण मोक्ष प्रदान गर्ने उद्देश्यले विभिन्न किसिमका आध्यात्मिक चेतनामुलक कार्यक्रमहरु गरिरहनुभएको कुरा उनका अनुयायीले जनाएका छन् । तीन दिवसीय उक्त कार्यक्रमको पहिलो दिन नै नेपालका विशिष्ट व्यक्तिहरु लगायत बहु संख्यामा नेपाल, भारत, बंगलादेश, भुटान, आदी देशहरूका लाखौं श्रद्धालुहरुको उपस्थिति रहेको छ।
आदरणीय सन्त गरीबदासजी महाराजकाे जन्म छुडानी गाउँ, जिल्ला झज्जर, हरियाणामा सन् १७१७ मा भएको थियो। उहाँलाई दश वर्षको उमेरमा कबीर साहेबजीको दर्शन सन् १७२७ मा नला नामक खेतमा भएको थियो भने उहाँको सतलोक गमन (देहत्याग) सन् १७७८ मा भएको थियो। जुन दिन परमेश्वर कबीर साहेबजीले गरीबदासजी महाराजलाई भेटेर ज्ञानोपदेश दिनुभयो त्यसै दिनको स्मृतिमा १० वटा सतलोक आश्रमहरुमा विशाल महाभण्डाराकाे आयोजना गरिएको छ जसमा नि:शुल्क मन्त्रदीक्षा, आध्यात्मिक प्रदर्शनी, रक्तदान शिविर, दाइजो तथा आडम्बर रहित आदर्श विवाह र विशाल भण्डाराको आयोजना पनि गरिएको छ। सन्त गरीबदासजी महाराजलाई १० वर्षकै उमेरमा कबीर साहेबजीले स्वर्ग, नर्क, महास्वर्ग, सतलोक आदी देखाएर शरीरमा छोड्नु भएको थियो र मन्त्र उपदेश दिनुभएको थियो ।