
प्रेमचन्द्र झा
रौतहट, १८ फाल्गुण
जिल्ला समन्वय समिति रौतहटको पाँचौ जिल्ला सभा समितिका तीन जना सदस्यले वहिष्कार गरेका छन । समन्वय समितिका प्रमुख रामअयोध्या प्रसाद यादव र समन्वय अधिकारी ओम प्रकाश यादवले मनपरि ढंगले कोषको रकम बाडफाड गरेको आरोप लगाउदै जिल्ला समन्वय सदस्य मोजमिल आलम, अशोक कुमार झा र ईन्दु देवी बैठाले जिल्ला सभा वहिष्कार गरेका हुन । बर्षौ देखि कोषको खातामा जम्मा रहेको रकम आफु खुशी रकम वांडन लागेकोमा दुख लागेको उनिहरुले बताए छन । समन्वय अधिकारी यादवलाई रकम भागवण्डा न गर्न आग्रह गर्दा समेत विनियोजनमा परेकोमा दुस्ख लागेको बताउनु भयो ।