छात्राहरुले बनाएको हाइड्रोलिक पुलप्रति अभिभावकको चासो – Jaleshwortoday

छात्राहरुले बनाएको हाइड्रोलिक पुलप्रति अभिभावकको चासो

 १८ फाल्गुन २०७९, बिहीबार २३:३२  
gg

नागेन्द्र कुमार कर्ण
महोत्तरी, १८ फाल्गुण

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा रहेको शुक्देव माध्यमिक विद्यालयको कक्षा १२ का छात्राहरुले बनाएको हाइड्रोलिक पुल हेर्न र यसबारे जिज्ञासा राख्न अभिभावकहरुको भिड देखिएको थियो ।
विद्यालयका कक्षा १२ मा अध्ययनरत छात्राहरु तृप्ती साह, अन्तरा पाण्डेय, राही खातुन र सपना कापरले प्रोजेक्ट वर्क अन्तर्गत बनाएको हाइड्रोलिक पुल अभिभावकहरुको आकर्षण केन्द्र बनेको थियो । मोटो कागत तथा पातलो काठले दुवै तर्फ आफै खुल्ने र आफै बन्द हुने बनाइएको पुलको डेमो देखेर अभिभावकहरु सो पुलबारे जिज्ञासा राखेका थिए ।
स्थानीय अभिभावक नवल किशोर पाण्डेयले सो पुलबारे जिज्ञासा राख्दा छात्रा तृप्ती साहले यो पुल ठुला ठुला जहाज चल्ने नदिहरुमा बनाउन सकिने जानकारी दिनु हुदै नेपालको महाकाली, कोशी, नारायणी, कर्णाली लगायतका नदिहरुमा सम्भाव्यता अध्ययन गरेर सो पुल बनाउन सकिने जवाफ दिनु भएको थियो ।
प्राविधिक विद्यालयको रुपमा रहेको सो विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले चुम्बकको सहयोगले विजुलीको बल्ब बाल्ने गरेको देखेर विद्यार्थी तथा अभिभावकहरु समेत झुम्मिएका थिए ।
रतौली युवा क्लव महोत्तरीले आयोजना गरेको समुन्नती बालबालिकाको लागि हाम्रो ए.एफ.यु.मेला २०२३ को अवसरमा सो विद्यालयका विद्यार्थीहरुले विद्यालयमा सिकेका कुराहरुलाई प्रोजेक्टको रुपमा प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीले अतिरिक्त क्रियाक्लाप अन्तर्गत विद्यार्थीहरुले सिकेका कला र क्षमतालाई अभिभावकहरुलाई देखाउने मेलाको रुपमा आयोजना भएकोमा खुशी व्यक्त गर्नुहुदै यस्तो मेलाले विद्यार्थीहरुलाई आफ्नो क्षमता देखाउन सहयोग पुग्ने बताउनुभयो ।
रतौली युवा क्लवका समुन्नती कार्यक्रममा राजेश पाण्डेयले जलेश्वर नगरपालिकाको २८ वटा विद्यालयमा समुन्नती मेला आयोजना गरिने जानकारी दिनु हुदै यसले विद्यार्थीहरुलाई पठनपाठनसंगै अतिरिक्त क्रियाकलापमा समेत आकर्षण गर्न सकिने बताउनु भयो । उहाँले अध्ययनसंगै अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको क्षमता उजागर गर्न मद्दत पुग्ने बताउनु हुदै खेलकुददेखि लिएर कला प्रर्दशनसम्मको कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
व्यक्तित्व विकासको लागि समेत यस्ता कार्यक्रमहरु विद्यालयमा हुन जरुरी रहेको बताउनुहुदै उहाँले विद्यालयमा शिक्षकहरुलाई पनि अतिरिक्त क्रियाकलाप प्रति प्रोत्साहन गर्न मेला आयोजना गरिएको बताउनुहुदै विद्यालयमा उपस्थित सम्पूर्ण विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरेर आकर्षण बढाइने वताउनुभयो ।
कार्यक्रममा छात्राहरुले माटोको चुल्होमा स्थानीय गुईठाँ प्रयोग गरेर बनाएको चियाको समेत प्रशंसा भएको स्थानीय युवा रञ्जन तिवारीले बताउनुभयो ।