
जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ फाल्गुण
जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा सतलोक आश्रम धनुषामा आदरणीय सन्त गरीबदासजी महाराज को बोध दिवस कार्यक्रमको दोस्रो दिन अखण्ड पाठ, विशाल भण्डाराका साथै ७ नव जोडीको मात्र १७ मिनेटमा दाइजो रहित अन्तर्जातीय विवाह (रमैणी) परमात्माको अमरवाणी पाठ गरेर सम्पन्न भएको छ। रमैणी विवाह का साथै भक्तजनहरुले ६१ युनिट रक्तदान पनि गरेका छन् ।
उक्त कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री डा.सुरेन्द्र यादव, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी , मधेस प्रदेश प्रहरीका SSP ध्रुवराज राज राउत , महोत्तरी सशस्त्र प्रहरीका SP लेखनाथ खनाल , मिथिला न.पा.का उपमेयर सुनिता सिंह बुढाथोकी लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। उपस्थित सर्व व्यक्तित्वहरुले सन्त रामपाल जी महाराजले चलाउनुभएको दाइजो रहित विवाह का साथै कुलत, भ्रष्टाचार, छुवाछूत ,घरेलु हिंसा लगायत अपराधमुक्त समाज निर्माणको अभियानलाई मुक्त कण्ठाले प्रशंसा गरेका थिए। उपस्थित विशिष्ट व्यक्तित्वहरुले समाज सुधारका लागी यस्ता कार्यक्रमहरुलाई अझ विस्तार गर्न र यसलाई प्रोत्साहन गर्नका लागि आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।