मधेशका शिक्षामन्त्रीद्वारा धनुषाको विद्यालयमा अनुगमन – Jaleshwortoday

मधेशका शिक्षामन्त्रीद्वारा धनुषाको विद्यालयमा अनुगमन

 १९ फाल्गुन २०७९, शुक्रबार २१:५२  
dd

जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ फाल्गुण

मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले धनुषाको विद्यालयमा अनुगमन गरेका छन् ।

मन्त्री यादवले दलित बस्तीमा रहेको समुदायीक विद्यालयको अनुगमन गरेका हुन् ।

बिहिवार धनौजी गाउँपालिका ४ खडरियामा रहेको राष्ट्रिय आधारभूत विद्यालयको अनुगमन गरेका हुन् ।

अनुगमन गरेपछि मन्त्री यादवले सो विद्यालयमा रहेका समस्याबारे जानकारी लिए ।

उनले विद्यालयमा रहेको समस्यहरुलाई समाधान गर्ने प्रतिवद्धता जनाए ।

मधेशलाई साक्षर प्रदेश घोषणा गर्न आफुले सरकारको तर्फबाट आवश्यक पहल गर्ने समेत उनले बताए ।