
जलेश्वरटुडे समाचारदाता
धनुषा, २० फाल्गुण
जनकपुरधाममा एकाउन्टेबिलिटी ल्याब,एसिया फाउण्डेसन र डेटा फर डेभलोपमेन्ट को सँयुक्त आयोजनामा ३ दिने ओपेन डेटा हेकथन तालिम समपन्न भएको छ ।
फाल्गुण १६,१९ र २० गते संचालन भएको तालिमको पहिलो दिन सहभागिहरु परिचयात्मक कार्यक्रमको साथसाथै सार्वजनिक सेवा प्रवाहमा सुधार,स्थानिय सहभागितामा जोड,पारदर्शि स्थानिय सरकार,समावेशी निर्णय प्रक्रिया,सामाजिक न्याय सम्बन्धि विषय वस्तुमा छलफल गरिएको थियो । छलफल र चुनौतिहरुको विशलेषण पश्चात दोस्रो दिन डकुमेन्टेसन प्रक्रियाका बारेमा जानकारी गराइएको थियो । सो अन्तर्गत मुद्दाको पृष्ठभूमि,समस्याको स्टेटमेन्ट,लक्ष्य र उद्देश्य,समाधानको प्रक्रिया र अपेक्षित नतिजा जस्ता विभिन्न चरणहरुमा बाँडेर विभिन्न शिर्षकहरुमा सहभागिहरुलाई विभिन्न समुहमा बाँडी आ—आफ्ना तरिकाले समुहको कुराहरु लिएर प्रतिवेदन बनाइएको थियो । अन्तिम दिन सहभागिहरुले प्रत्येक समुहबाट एक जनाले स्लाइड सो मार्फत आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । करिब ८ वटा समुहबाट ८ वटा प्रतिवेदन जोडदार रुपमा प्रस्तुत गरिएका थिए । कार्यक्रम भरी प्रस्तुत गरिएका जति पनि विषयहरु भए पनि सबैको मुख्य उद्देश्य स्थानिय तहलाई कसरी सेवाग्राहीमुखी,पारदर्शी र विष्पक्ष बनाउन सकिन्छ भन्ने उद्देश्यको पूर्ति गर्नु पर्ने रहेको देखिएको थियो । तालिम पश्चात सजिलैसँग कसरी आफूलाई चाहिएको सूचना सम्बन्धित पालिकाबाट प्राप्त गर्न सकिन्छ भन्ने व्यवहारिक पक्षहरुलाई अगाडी बढाउनमा जोड दिइएको थियो । यस कार्यक्रममा मधेस प्रदेशका ८ वटै जिल्लाहरुबाट विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सहभागिता गराइएको थियो । अन्तिममा सबै सहभागिहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।