जलेश्वरनाथ महादेवलाई हेर्न दिनहु पर्यटकको घुईचो – Jaleshwortoday

जलेश्वरनाथ महादेवलाई हेर्न दिनहु पर्यटकको घुईचो

 २१ फाल्गुन २०७९, आईतवार ००:१७  
kk

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २० फाल्गुण

महोत्तरीको जलेश्वर नगरपालिकामा अवस्थित जलेश्वरनाथ महादेवलाई हेर्न दिनहुँ पर्यटकहरुको घुईचो लाग्ने गरेको छ ।
हरेक दिन विभिन्न फरक—फरक ठाउँहरुबाट पर्यटकहरुको भिडभाँड रहने गरेको मन्दिरको पुजारी लगायत नगर प्रमुख सुरेश साह सोनारले बताएका छन् । यसै हप्तामा धरानबाट सत्य साई स्कुलका विद्यार्थीहरु,शिक्षक,शिक्षिका तथा कर्मचारीहरु शैक्षिक भ्रमणको क्रममा आइपुगेको र तिनीहरुलाई पर्सादी,भोजन खुवाई माला,टीका तथा गमछा ओढाई सम्मान गरी विदाई गरी पठाएको नगर प्रमुख सोनारले जानकारी गराउनु भयो ।
नगर प्रमुख सोनारको अनुसार यो परम्परा परापुर्व कालदेखि गरेको भए अझै पर्यटकको संख्यामा विस्तार गर्न सकिन्थ्यो । यसैगरी जलेश्वरनाथको महत्वलाई अझै प्रचारप्रसार गर्न सेभ जलेश्वरका स्थानिय धार्मिक युवाहरुले मोटरसाइकलले मिथिलाको ४ धामसहित १५ वटै मिथिला परिक्रमाको स्थानहरुको अवलोकन तथा दर्शन गर्न पहिलो पटक मोटरसाइकल शोभा यात्राको शुरुवात गरिएको नगर प्रमुख सोनारले जानकारी गराउनु भयो । साथै सबै सहभागिहरुलाई नगर प्रमुख सोनारले फुल,माला तथा टीका लगाई बिदाई समेत गर्नु भएका थिए ।