प्रदेश २ मा ६५ सहित एकैदिन ३ हजार ३ सय कोरोना संक्रमित थपिए – Jaleshwortoday

प्रदेश २ मा ६५ सहित एकैदिन ३ हजार ३ सय कोरोना संक्रमित थपिए

 १९ कार्तिक २०७७, बुधबार २३:२४  
Corona

जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ कार्तिक

प्रदेश २ मा ६५ जना सहित पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यससँगै संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको बताए । हालसम्म संक्रमितमध्ये १ लाख ४४ हजार ९७८ जना निको भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ८४४ जनामा संक्रमण पुष्टि भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित भने ३६ हजार ९११ जना रहेका छन् ।